कोरिया अध्यनमा आएका बिधार्थीको अबस्था अत्यन्तै नाजुक बन्दै , के भन्छ दुताबास

1959

दक्षिण कोरियामा अध्यनको निमित्त आएका नेपाली बिधार्थीहरुको अवस्था नाजुक बनेको भन्दै एक युवाले लाइभ मार्फत न्युज 24का पत्रकार रबि लामिछाने लाइ सहयोग गरिदिनु हुन अपिल गरेका छन् l बिगत ८ महिना देखि  कोरियाको जेजु टापु स्थित जेजुहला विश्वविधालयमा अध्यनरत एक बिधार्थिले आफुहरुको पासपोर्ट र एलिन कार्ड समेत   विश्वविधालयले रखिदिएपछी आफुहरु बन्दि सरह बस्नु परेको गुनासो पोख्दै लाइभ मार्फत सहयोगको लागि अपिल गरेका हुन् l उनले दुतावासलाइ समस्या वारे जानकारी गराउदा पनि समाधानको लागि पहल नगरेको समेत बताएका छन् l
करिब ३ सय नेपाली बिधार्थी रहेको उक्त विश्वबिद्यालयमा  अध्यनरत एक  बिधार्थीले आत्महत्याको प्रयास गरेको समाचार समेत केहि दीन पहिला बाहिरिएको थियो l
बिधार्थी हरुको अबस्था नाजुक भएको घटना बहिरिएपछी यसबारे सत्य तथ्य बुझ्न हेल्लो नेपाल कोरिया डट कमले गरेको कुराकानीमा  कोरिया स्थित नेपाली दुतावासका उपनियोग प्रमुख किरण शाक्यले  भने ” केहि महिना पहिला हामीलाई विश्वबिधालयले पासपोर्ट र एलिन कार्ड राखिदिएको जानकारी बिधार्थी मार्फत आएको थियो l जानकारी प्राप्त भए लगत्तै हामीले उक्त कलेजलाई लिखित पत्र मार्फत पासपोर्ट र एलिन कार्ड किन राखेको भन्ने प्रश्न राखेका थियौं l साथै हामीले उक्त कलेजमा भेट्ने समय पनि मागेका थियौं l तर कलेजले त्यस्तो कुनै लिखित जवाफ नाफर्काएपनि पछि फोन गरेर धेरै बिधार्थी हरु कलेज बाट भागेर अबैध बस्न थालेपछि हामीले केहि समयको लागि राखिदिएको हो भन्ने जवाफ दिएको थियो l म आफै पनि जेजु जाने क्रममा त्यहाको नेपाली दिदि भनेर चिनिने सुभद्रा पालुंग मार्फत उक्त कलेजमा पढ्ने केहि  बिधार्थीहरुलाइ प्रत्क्षय भेटेर कुराकानी गर्दा पहिला समस्या थियो आजकल त अलि सुधार भएको  छ भनेका थिए  l  आज उक्त भिडियो बहिरिएपछी हामीले उक्त कलेजका बिधार्थी नेता बिबेक गिरि संग सम्पर्क गर्ने कोसिस गरेको भए पनि सम्पर्क हुन् सकेको छैन l यसरि कलेजले एलिन कार्ड र पासपोर्ट राख्नु जेनेभा सन्धिको बिपरित हो कलेजले जसरि पनि फिर्ता दिनु पर्दछ हामीले त्यसको लागि पहल गर्दै छौं l
हामीहरुले उक्त कलेज मात्र होइन नेपाली बिधार्थी समस्यामा परेका अन्य ४/५ वटा कलेजमा समेत लिखित पत्र पठाएका छौं l कोरियामा बिधार्थी हरुको समस्या बिकराल भएपछी हामीले बुझेर मात्र बिधार्थी कोरिया पठाउनु भन्ने नेपालको नेपाल सरकारको  परराष्ट्र मन्त्रालयमा पनि पत्राचार गरेका थियौं  lउक्त पत्र कहिँ कतै बाट बाहिरिएको पनि थियो lत्यसलाई कसैले कोरियन भाषामा उल्था गरि कोरियाका कलेज हरुमा पठाई दिएछ l  कोरियाका केहि कलेज बाट हामीहरुलाइ  धम्कि समेत आएको थियो ”
त्यस्तै उक्त घटना बारे नेपाली बिधार्थी समाज ( सोनसिक ) का अध्यक्ष तुल्सी पौडेल लाइ सम्पर्क गर्दा उक्त कलेजमा पढ्ने नेपाली बिधार्थीको समस्या आफुहरुले दुतावासमा पहिले नै जानकारी गराइ सकेको बताए l पछिल्लो घटना पछी आफु उक्त कलेजमा पढ्ने बिधार्थी हरुसंग सत्य तथ्य बुझ्न  निरन्तर सम्पर्कमा रहेको समेत जानकारी गराए l

प्रतिक्रियाहरू