कोरिया अनुभब

0
1679

स्वदेश छाड्नुपुर्व जहाजको खोक्रो ओडारभित्रबाट संझिएको थिए संझना आएसम्मका र भ्याएसम्मका चिज र मानिसहरुलाई। त्यतिखेर सबैका चेहरा प्राय:धुमिल देखिन्थे निलो आकाशमा कालो बादलका कत्लाझैँ। सबैको मनोभाव आकल्दा शायद सबैले कोहि न केहि पक्कै सम्झिँरहेका थिए त्यस बखत।

कोहिले आमा बाबा,कोहिले प्रेमिका वा श्रीमती,कोहिले कलिलो सन्तान। कोहिले जन्मेको माटो। कोहिले पहाड र पर्वत।कोहिले खहरे खोलो।कोहिले गाऊको चोक र साथिहरु।शायद त्यहि भएर कोहि निराश मुद्रामा बेखुश थिए।कोहि डराएर ऊकुश र मुकुश थिए।कोहि निक्कै पशन्न देखिन्थे।कोहिकोहि गन्तब्यमा पुग्न आतुश पनि थिए।कोहि भने सागर झैँ शान्त र भद्र थिए।तिनिहरुलाई देख्दाँ यस्तो लाग्थ्यो कि यिनिहरु पक्कै ठेट परदेशि हुन क्यार्।जसले सबै बिछोडको पिडाँलाई पचाईसकेका छन।तिनिहरुलाई देखे पश्चात नै थियो मैले पनि मन र मुटु दर्हो बनाऊन सिकेको।मुढ्ढि कस्न सिकेको।चलिआएको परम्परालाई निरन्तरता दिन सिकेको।ठिक मुठ्ठि कसेकै बेला आड़ शिरिगं बनाऊदै ऊडेथ्यो जहाज पुर्व-दक्षिण क्षितिजतिर।

-- Ad --


तत्पश्चात धेरै जहाजहरु त्यहि रेखाबाट त्यसैगरि आउदै र फर्कदै गरे होलान तर समयले मलाई फर्कन दिएको थिएन।बल्ल आज फर्किदै छु ठिक बिपरित धुर्बबाट।ठिक उल्टो मनोभूति बोकेर। प्रथमत:कोरिया कामदारको रुपमा आई आफ्नो कार्यकाल सकेर सकुशल स्वदेश फर्कन पाँऊदा म आफुलाई भाग्यमानि ठान्दछु।किनकि एकातिर यहाँको जोखिमपुर्ण कामबाट छुटकारा मिलेको छ भने अर्कोतिर कोरिया लाखौका लागि ड्रिम कन्ट्रि बनिसकेको छ।त्यहि भएर निकै गौरवाम्वित पनि छु।यो अवसरले चार बर्ष दश महिना अबधिभर लगातार ज्यामिको रुपमा दश नंग्रा खियाऊदा धेरै कुरा सिकायो। स्कुले वा क्याम्पसे जीबनका कितावले नसिकाएका अनेकन ज्ञानका नयाँ र अनौठा ज्योती हरेक दिन सिकायो।क्रमश प्रतेकदिन अनुशासनको पाठ सिकायो।

काममा बफादार हुन सिकायो।क्षणक्षणमा होसियार हुन सिकायो।आफुलाई छिटो र छरितो राखि मिहेनति बन्न सिकायो।कामलाई प्यार गरि कामप्यारे हुन सिकायो।अन्तत:समयलाई चिन्न सिकायो।साच्चै भन्नु पर्दा जीबनमा कहिल्यै नसिकेका कुराहरु छेकिछेकि सिकायो।सिक्नलाई पछि पनि परिन।जे जे सिकाउछ त्यहि त्यहि सिकिरहे।तसर्थ त्यो खालि र कलिलो मष्तिष्कलाई परिपक्क बनाऊने श्रेय यहाँको कामलाई नै जान्छ।यहाँको काम प्रतिको दृष्टिलाई जान्छ।यहाँको कामलाई आत्मिकरण गर्ने परम्परालाई जान्छ।अत:कोरियाको कामले एश्वर्यसाथसाथै ज्ञानका अनेकन सुत्रहरु सिकाएको कुरालाई म नकार्न सक्दिन। कोरिया छिरिसकेपछि गोर्खेको दैनिकि बदलिएछ।मन नै कायापलट भएछ।कोमल मन भाषिक समस्या र अबिछिन्नको कामले तहसनहस भएछ।मलाई त लाग्छ शुरुशुरुमा जो कोहि तनाबरहित जीबन बिताउनै सक्दैन।सबैमाझँ तनाब सृजना हुन्छ।नियन्त्रण गर्न सके घटदै जाने रहेछ।नसके चुलिदै जाने रहेछ।कोरियाको काम देखेर मलाई शुरुताकामा बैराग या उदेक नपलाएको पनि होईन।यहाँका कारखानेहरुको ब्यवहार र आचरणले क्षणक्षणमा विरहित नभएको पनि होईन।

तर सबै पचाऊदै तर सम्हालिदै र बानि पार्दै आफुलाई दरो बनाई उभ्याईदिए।अर्को कुरा यहाँ याचित गरेको र ईच्छाईएको काम कहिल्यै पाऊन नसकिने रहेछ।हरेक काममा खोट भेटिन्छ।यहाँ मनलाई स्थिर बनाऊनेहरु सबै शिलशिलामा अगाडि हुन्छन र त्यस्तै पाए पनि।तर माफ गर्नुहोला।मैले चै कम्पनि परिबर्तन गर्ने बिकल्प कुनै पनि बाकि राखिन।कारण? कारण सबै कम्पनि आसेपासे र कारखानेहरुको शिलि सहन नसकेर छाडे।अनि घबराहट र टोकसोपुर्ण कामहरु त्यागि दिल खुश हुने कामहरु खोजिखोजि गरे।कहिले भट्टिमा पसेर धुवा र धुलोसित पौठेजोरि गरे।कहिले फलामका पाता र सुईराहरुसंग अभ्यस्त हुदै हैटो र व्रश्च्न समाए, कहिले शिरदेखि पाहुँसम्म तेलमा लपेटिएर रातदिन सिंगौरि खेले।कोरियामा सजिला भन्दा गार्हा काम बढी हुने रहेछन।गार्हैमा आफुलाई बानि पार्नु पर्ने रहेछ।कालान्तरमा तिनै कामहरु त सबै सजिलै हुदै जानेरहेछन। मैले जीबनमा कहिल्यै कलम चलाएको थिईन।खालि फगत पाठक थिए।तर कोरियामा बिदेशि कामदारप्रतिको चरम शोषण र अत्याचारको शिकार आफै भए।आत्महत्याको खाडलभित्र आखाँहरु पहिल्याउन थाले।जबसम्म मनभित्र यस्ता पिडाँहरु उकुशमुकुशिन थाले।

आफुलाई सम्हाल्न गार्हो पर्यो।अनि पोखिदिन शुरु गरे कामदारका सकसपुर्ण भोगाईहरु।त्यहि दिनदेखि कोरियामा नेपालि कामदारका पिडाँयुक्त भोगाईहरुलाई अन्तिम घडिसम्म पनि लेखिरहेछु। फलस्वरुप अब त लेखनबाट पर भाग्न पनि सक्दिन जस्तो लाग्छ।मेरो लेखाईलाई सबैमाझँ पुर्याईदिने हेल्लो नेपाल कोरिया डटकम परिवार र ईपिस छिन्गुप्रति बिशेष आभारि छु।अरु अनलाईन मिडिया/ब्लगहरुप्रति पनि ऋणि छु।सकेसम्म बचेको समयमा आफुले भोगेका र कामदारका समश्याहरु लेखिदिनु हुन सबैलाई अनुरोध पनि गर्दछु।किनकि बर्षेनि हजारौ नेपालिहरु कोरियामा भित्रिरहेछन।पाका भन्दा कलिला युवाहरुले बाटो तताईरहेछन।यस्ता युवाहरुलाई यहाँ भित्रिसकेपछि बेलैमा यहाँको काम र परिपाठिका बारेमा पुर्व अवगत गराउनु हाम्रो दायित्व पनि हो।अन्त्यमा आफ्नो कार्यकाल सकेर अहिले त्यहि ओडारभित्र छिरेर स्वदेश फर्कदै छु।फरक यति हो त्यतिबेला निराश अहिले प्रसन्न छु।त्यतिबेला काचो थिए अहिले पाकेको छु।त्यतिबेला स्वदेश छाड्नु पर्दा भावविह्वल थिए अहिले स्वदेश टेक्न पाऊदा दंग छु।कोरियामा हरेक नेपालिको बसाई सुखद र अर्थपुर्ण रहोस।यहि कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here