कोरिया आउदै ‘छुटेका अनुहार”

2613

दक्षिण कोरियामा रोगजारी गरि स्वदेस फर्किएका लेखक रमेश सायनद्वारा लिखित किताब ‘छुटेका अनुहार’ कोरिया आउदै छ । लीपि बुक्सले बजारमा ल्याएको कृती असोज २० गते काठमाडौंमा सार्वजनिक भएको थियो।

जिवनका स-साना कोणलाई साहित्य मार्फत अभिव्यक्त गर्ने कवि तथा निबन्धकार सायनले किताबमा कोरियाको काम, बसाइ र रहनसहनका केहि अनुभव पनि समेटिएको बताए । उक्त कृति आगामी हप्ता देखी दक्षिण कोरीयामा उपलब्ध हुने छ।

अखबारी लेखनमा मन पराइएका सायनले छुटेका अनुहारबाट पनि पाठकको मन जित्न सफल हुने कोरियामा कर्मथलो बनाएका युबा लेखक गणेश पौडेलले बताए ।

‘दक्षिण कोरीयामा आप्रवासी कामदारको रूपमा लामो समय बसेकोले म र कोरियाबीच भावनात्मक सम्बन्ध किताबमा पनि उतारेको बताउदै लेखक सायनले कोरीयामा बस्ने पाठकका लागि यो पुस्तक पुर्‍याउन लागेको जानकारी दिए।

कोरीयाका विभिन्न शहरमा पाउन सकिने उक्त कृतिका लागी विशेष रूपमा सुरेन्द्र कारकी र गणेश पौडेललाई पनि सम्पर्क गर्न सकिने छ ।
सायनको २०७१ मा कविता कृती ‘भागेर भुगोलभरि’ प्रकाशन भइसकेको छ।

कोरियामा किताब पढ्न चाहाने पाठकहरुले सुरेन्द्र कार्कीको फोन न 01098349778
र गणेश पौडेलको फोन न. 01021996366 मा सम्पर्क गर्न सक्नु हुने छ ।

प्रतिक्रियाहरू