
उनले मलाई पुलुक्क हेरिन।मैले झुलुक्क हेरेँ।स्थान प्योङदोङ स्टेसन,समय दिनको १बजे १९मे आईतबार।लामो कालोस्ट्रिट गरिएको कपाल,कलर चश्मा,पातलो पारदर्शी टिमिक्क टिसर्ट,छोटो मिनीस्कर्ट,नङ पालिस,चुच्चे बुट लाएकी मँहगा मेकअपले सजिएकी बास्नादार युवती थिईन ति।स्वर्गको परि जस्तै तिनलाई मैले डराई डराई आर यु नेपाली भने।उनले दाई नमस्कार भनेर अभिवादन गरिन।बैनिको घर कॉहा नि?गण्डकि प्रदेस।दाईको नि?मेरो नि गण्डकि प्रदेस।
उ तेता पार्कमा गएर कुरा गरौन दाई।उनले प्रस्ताव राखिन।कॉहा ?उ त्यो फुलको बगैचा नजिक।रुखको छाहारी मुनि शितलोमा।उनले सुनाउन खोजेको ब्यथा,मलाई चाईएको कथा।ढुङगा खोज्दा देउता मिल्यो।
छ लेनको बाटो,गाडिका लस्कर ,रातो बत्ति बल्यो टक्क अडियौँ।ढुक्कले हेराहेर भयो।हरियो बत्ति बल्यो।उनले हात दिईन।मैले समाएर डोर्यॉए।२०सेकेण्डमा बाटो काटियो।जिमार्टमा पसेर के खॉउ भनेर सोधे?गर्मि छ क्यास मेक्चु ठिक होला उनले भनिन।४क्यान र स्न्याक्सको प्याकेट लिएर पार्कमा गएर सुख:दुखका रमाईलो कुरकानि शुरु भयो।
कामदाम के कस्तो छ तनि बैनि?मैले प्रश्न तेर्साए पछि उनले धाराप्रवाह भनिन।काम त सागपातमा हो दाई।हाम्रोमा रायो साग जस्तै तर डल्लो परेर बन्दा जस्तै हुनि सागलाई फेछु भन्दा रहेछन।हामि ४ जना दीदीबैनि छौ।१५वटा फिनिल हाउसमा बिहान ७बजेबाट बेलुकि 6बजे सम्म काम हुन्छ।महिनामा २दिन औशिँ र पुर्णिया बारे जस्तै बिदा पाईन्छ।त्यो पनि पालैशान्ति।एसो बजारतिर घुमौ र किनमेल गरौ भनेर आको दाईसँग भेट भयो उनले हॉस्तै भनिन।
भेट हुनि दिन पनि राजै हो भन्दै उनको भावनाको कदर गरेर यो फेछुको उपयोग के रच तनि बैनि?ओहो!दाई लोकप्रिय कोरियन अचार किम्चि बनाउनि यहि साग हो।किम्चि कोरियाको खाना हुनै पर्ने अनिवार्य चिज हो।यो कोरिया मात्र नभएर अन्तराष्ट्रिय स्तरमै प्रख्यात छ।मिहिनत चाहिने अति मँहगो साग हो।एउटै डल्लोको २/३हजार नेपाली पर्छ।
२०डिग्री तापक्रमको हावापानीमा भॉडामा बिउ उमारे पछि जमिनमा सार्ने गरिन्छ।बिउ छरेको ९० दिनमा बजार लैजान तयार हुन्छ।नेपालको हिमाल र तराईमा १सिजन पाहाडमा ३सिजन सम्म प्राकृतिकरुपमै गर्न सकिन्छ।जाडो होस या गर्मि किम्चि स्वास्थ्यकालागि महत्वपुर्ण छ।शरिरको रक्तचाप नियन्त्रण र सुगरका बिरामिको लागि त बरदानै हो भन्छन कोरियामा।
अनि थोन वोन दुईटै होलान नि है?भनेको बैनि अकमकिईन।एसो तल तिर हेर्न थालिन।अनुहार झन रातो भयो।बैसॉलु मन।अर्कैतिर सोचिछन बरा!भएछ के भन्दा कोरियन लवजमा बोल्दा नेपाली अर्थ दोहोरो पर्न गएछ।उनको असहजतालाई तोडदै मैले पैसा कति पॉउछ्एउ ?२लाख नेपाली छ कि छैन भनेको क्या लाटि भनेर प्याट्ट हातमा हानिदिएँ।त्यसपछि उनको हॉसोको फोहोरा छुट्यो।धेरैबेर सम्म पेट मिचमिचि हॉसिन।
भो दाई त कुरो घुमाउन खप्पिस हुनुहँदो रैछ भन्ने आरोप लॉउदै उनले भनिन।हाम्रो कंपनिमा केटिलाई ओटि छैन।उहि बेसिक १७ लाख हो २लाख वन खान राखेर डेडलाख नेपाली पठाउनी गरेको हो अवत कोरियन पैसाको भाउ घटेर एक लाख चालिस हजार पठाउन नि मुश्किल छ के भको हो?
सन्तुष्ट छौ नि?कोरिया सपना साकार के कति भए भनेर खोतल्ने मेरो प्रयासमा यसरी जवाफ फर्काईन।बहुत सन्तुष्ट छु।बिबिएस सकेर बस्तापनि जागिर नपाएर रन्थनिएको बेलॉ भाषा पढेर कोरिया आउन पॉउदाको खुसि निरन्तरको कामको थकाईले न्युनीकरण गरेपनि केटी मान्छेले केटा सरह एति धेरै पैसाको बिटो समाउन पॉउदा को खुसि नहोलार दाई?
मनलाको खान ,लाउन पाईएको छ,कोरियाको रंगिन वातावरणमा समायोजन गरियो।यॉहाका सवै खुसि अनुभव लिईयो।भावि जीवनमा चाहिने पुँजिको संकलन र बर्तमानमा छोरी भएर पनि बाबुआमाको घर व्यवहारमा मलम पट्टी लाउन सक्षम भएकोमा गर्व महसुस हुन्छ।
कोरियामा महिला सुरक्षित छन।आफ्नै मन धान्न सके अर्कोबाट खतरा छैन।बॉध न हो भेल बाढी पनि पनि आउन सक्छ नि हैनर?
नाईस थिङकिङ।अनि गुमाएका कुरा पनि केहि छन कि?भन्ने मेरो प्रश्नले उनको खुसिमा बादल लायो,अनुहार मलिन भयो।लामो सुस्केरा हाल्दै उनले भनिन।जननी जन्मभुमि बिछोडको पिडाको तुलनामा उपलव्धि नगन्य हुन।बिबिएस पछि विवाह र बिदेसका दुई बिकल्पमा मैले बिदेस रोजेँ।सँगि साथिका कोखॉ र काखॉ भै सके आफ्नो ता कोखॉ नि यहि हो काखॉ नि यहि हो भनेर हातको मोवाईल एकहात माथि हुर्याएर हातैले समाईन।
कल्कलाउदो जवानि गुमेको पिडाको लामो कहानि अर्को भेटमा गरौला बैनि ।कुराकानिलाई छोटाउनु पर्यो।कोरिया आउनेलाई के सुझाव छ ?भन्दा उनले बताईन।कोरिया हाम्रो लागि पाठासाला हो।यॉहाको सिकाई नेपालमा काम लाग्छ।कोरिया आउ किम्चि खाउ पैसा कमाउ जाउ भन्छु यहि लेखिदिनुस।
नेपालीमै कुराकानि गरेकि बैनिले फोटो नखिच्नुस भनेर कोरियन भाषामा भनिन।कति रहर कति बाध्यताले नाम धेरै भएको,३/४वटा सिम भएकोले फोन नंवर कण्ठै नभएकोले फेक्षुको फोटो मेसेनजरमा पठाईदिने प्रतिबध्दता जाहेर गरिन।उनको संवेदनशिलतालाई सम्मान गर्दै मैले खोतल्ने प्रयास गरिन।
कुराकानि सकेर किनमेल गरियो।जेब्रा झोला दुईजनाले एक एक हातले झुन्डाएर पेङदोङ स्टेसनतिर लागियो। टिकट काउन्टर तिर पिठँयु फर्काईदिईन पछाडिको खल्तिमा भएको स्मार्ट कार्डमा उनको पैसा काटियो।खाम्साहाम्निदा सँगै मैले बाईबाई गरेँ।ढोका खुल्यो उनले हात हल्लाएर भित्र पसिन।मैले सोचे कति स्मार्ट छन नेपाली चेलिहरु कोरियामा।