कोरिया आएका नेपाली मौसमी कामदारलाई फिर्ता पठाइयो , कोहि विमानस्थलमै अलपत्र

6525

कोरिया प्रवेश गरेका मौसमी कामदारलाई इन्छन विमानस्थको अध्यागमन विभागले फिर्ता पठाएको छ l कोरियाको पोछन नगरपालिका र सुर्खेतको पन्चपुरी नगरपालिका बीच सिधा सम्झौता पछी मौषमी कृषि क्षेत्रमा काम गर्ने गरि १३ जना नेपाली कामदार कोरिया प्रवेश गरेका थिए l गत १३ तारिख इन्छन विमानस्थलमा प्रवेश गरेका उनीहरुलाइ प्रवेश हुनु अगाबै पोछन नगरपालिकाले  भिषा रद्व गरेपछि फिर्ता पठाइएको हो l
प्रवेश गरेका १३ जना मध्ये ८ जना आफ्नै खर्चमा नेपाल फिर्ता भएतापनि ५ जना भने कोरिया प्रवेश गर्न पाउनुपर्ने माग राख्दै बिमानस्थलमाको आगमन कक्षमा अलपत्रै बसिरहेको कोरियन संचारमाध्यमले जनाएका छन् l
उनीहरूमध्ये ८ जना अंग्रेजी भाषा बोल्न नजानेकोले  फिर्ता भएका छन् भने अंग्रेजी भाषामा बोल्न सक्ने ५ जनाले जसरि पनि प्रवेश पाउनुपर्ने माग गर्दै धर्नामा बसेको बताइएको छ l
यद्यपी अध्यागमन विभागले उनिहरुलाइ फिर्ता हुन दवाब दिइरहेको छ भने यदि नमाने जबर्जस्ति फिर्ता पठाउने  समेत बताएको छ l त्यस्तै कामदार सम्झौता गरेको पोछन नगरपालिकाले समेत उनीहरुलाई भिषा रद्व भएका कारण स्वदेश फिर्ता हुन भनेको छ  l
गत अप्रिलमै कोरिया प्रवेश गर्नुपर्ने उनीहरुलाई   तेस्रो ब्याक्ति मार्फत सम्झौता गरिएकोले कामदार पठाउने प्रक्रियामा ढिलाइ हुदा भिषा रद्व भएको हुन् सक्ने बताइएको छ l उनीहरु भारतको बाटो हुदै कोरिया प्रवेश गरेका थिए l
कोरियामा मौसमी कामदारको अभावलाई पूर्ति गर्न नगरपालिकाले गरेको सम्झौताको आधारमा न्याय मत्रलायाले  यो बर्ष नेपाल बाट ६९ जना कामदारको लागि अनुमति प्रदान गरेको छ l त्यस्तै मंगोलिया तथा फिलिपिन्स बाट समेत मौसमी कामदार ल्याउने सम्झौता भएको जनाइएको छ l

प्रतिक्रियाहरू