कोरिया कविता कन्सर्ट २०१९ को पोष्टर सार्वजनिक

605

मार्मिक र हृदयस्पर्शी कविताबाट देश विदेशमा छुट्टै पहिचान बनाएका कवि नवराज पराजुलीको आगमनमा हुने कोरिया कविता कन्सर्ट २०१९ को पोष्टर सार्वजनिक गरिएको छ ।

कोरियामा निकै भब्य तयारी स्वरुप गर्न लागिएको कविता कन्सर्टलाई झापाली समाजले आयोजना गर्न लागेको हो । यहि आउदो जुन ३० तारिक आइतवार जोन्गाक स्थित छोगेसा गुम्वा हलमा दिउसो १२ः३० देखि आयोजना हुने उक्त कार्यक्रमलाई साहित्यिक संस्था लगायत कोरियामा रहेका सम्पुर्ण संस्थाहरुलाई कार्यक्रम भब्य बनाउन सहयोगका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल कविका रुपमा परिचत पराजुलीका कविताहरु निकै चर्चित र मर्मस्पर्शी हुने गर्दछन् । केहि हप्ता अघि को वन्छ करोडपतिमा उनको कविता सुनेर सञ्चालक नायक राजेश हमाल भावुक भएका थिए ।

लण्डनमा कवि नवराज पराजुलीले प्रस्तुत गर्नुभएको बुबा शिर्षक को कविता

प्रतिक्रियाहरू