कोरिया नजिकिदै शक्तिशाली आँधी लिंङ्लिङ, ठुलो क्षति पुर्याउन सक्ने अनुमान

5225

द्रुत गतिमा कोरिया भित्रिदै गरेको शक्तिशाली आँधी लिंङ्लिङले शनिवार बिभिन्न क्षेत्रमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ l
यो बर्षको तेर्हौ आंधी, लिंङ्लिङ जापानको ओकिनावा बाट २० देखि ३० किलोमिटर प्रतिघन्टाको दरले कोरिया भित्रिने  क्रममा रहेको कोरियाली मौसम बिभाग केएमएले जनाएको छ l उक्त आँधीले  उच्च बर्षा समेत गराउने अनुमान गरिएको छ l
उक्त आंधीको चाँप ९४० हेक्टोपास्कल  तथा गति ४७ मिटर प्रति सेकेन्ड छ l यो गतिले कार ,जाहाज लाइ अनियन्त्रित गर्नुका साथै रुखहरु समेत उखेल्न सक्ने बताइएको छ l
मौसम विभागले कोरियाका बिभिन्न टापुमा आंधीको  गति ५५ मिटर प्रति सेकेन्ड सम्म हुन सक्ने बताएको छ l  यसले कोरियामा ठुलो क्षति निम्त्याउन  सक्ने भएकोले सचेत अबस्थामा रहन सुझाब दिइएको छ l
आँधीले जेजु टापु तथा राजधानी सियोललाइ समेत क्षति पुर्याउने अनुमान छ l हावाको गति जेजुमा १५० किलोमिटर प्रतिघन्टा हुने छ भने सोहि समयमा सियोलमा १४० किलोमिटर प्रतिघन्टा को बेग रहने बताइएको छ l

कोरिया टाइम्स

प्रतिक्रियाहरू