कोरिया – नेपाल उडानमा बैज्ञानिक भाडादर कायम गर्नु पर्ने माग राख्दै हस्ताक्षर संकलन गरिने

1159

दक्षिण कोरिया देखि नेपालमा सिधा उडान हुने कोरियन एयरलाइन्सको एकाधिकार तोडी बैज्ञानिक भाडादर कायम गर्नु पर्ने माग राख्दै कोरियाबाट दवाव स्वरूप हस्ताक्षर संकलन गरिने भएको छ l

प्रवासी नेपाली मंच दक्षिण कोरियाको अगुवाइमा कोरियामा रहेका नेपालीहरुको ऐक्यबद्वता स्वरूप हस्ताक्षर संकलन गरि नेपाल सरकारलाई बुझाइने भएको हो l

कोरोनाको महामारीमा दक्षिण कोरियाले नेपाल देखि सहज आवतजावतमा रोक लगाएपछि कोरियाको भिसा सकिएका तथा काजक्रिया लगाएत अन्य जरुरि कामको निमित्त स्वदेश फर्किने अबस्था नाभको कारण कोरिया स्थित नेपाली दुतावास तथा एनआरएनए कोरियाको पहलमा चार्टर उडान मार्फत आवतजावतलाइ केहि सहज बनाइएको थियो l त्यसको करिव २ बर्ष पश्चात नेपाल सरकारले कोरिया र चीनको लागी एकसाथ चार्टर उडान बन्द भै नियमित उडान शुरु भएको बताएता पनि दक्षिण कोरियाको लागी भाडाडर भने कम हुन सकेको छैन l

अहिले पनि कोरियन एयरलाइन्स मार्फत नेपालदेखि कोरिया प्रवेश गर्दा कोरियाबाट नेपाल फर्किदाको दोब्बर भाडा तिर्नु पर्ने अबस्था छ l

नेपाल सरकारले दक्षिण कोरियाको लागी नियमित उडान शुरु गरेको करिव २ बर्ष पुग्दा सम्म पनि भाडादर नघट्दा नेपालबाट कोरिया प्रवेश गर्ने हजारौं श्रमिकहरु मर्कामा परेका छन l यस अघि पनि सर्वसुलभ भाडादर कायम हुनु पर्ने माग राख्दै कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले ज्ञापन पत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउदै आएका छन l