कोरिया प्रवेश गरेका १ सय जना भियतनामी पर्यटक सम्पर्क बिहिन , अबैधानिक बसेको आशंकामा तिब्र खोजि

605

कोरियाको खाङ्वन्दो स्थित याङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकको रूपमा प्रवेश गरेका करिब १०० भियतनामी नागरिकहरू सम्पर्कविहीन भएका छन् l

कोरियन समाचार एजेन्सीहरुका अनुसार दक्षिण कोरियाले गत जुनमा केहि देशका लागी लागु गरेको भिसा फ्री कार्यक्रम अन्तर्गत यहि अक्टोबर १४ तारिख पर्यटकको रुपमा उनीहरु कोरिया प्रवेश गरेका थिए l

, १५ दिनको भिसामा खाङ्वन्दो क्षेत्र घुम्न आएका उनीहरु हाल सम्पर्क बिहिन भएको अध्यागमनका अधिकारीहरुलाई उधृत गर्दै कोरिया टाइम्सले बताएको छ l उनीहरु गैरकानूनी रूपमा काम गर्नको लागि आफ्नो बसाइको आधिकारिक अवधि भन्दा बढी बस्ने  प्रयास गर्न सक्ने आशंकामा अध्यागमनले खोजि कार्य तिब्र बनाएको छ l

कोरियाले दिएको भिसा रहित सुबिधा अन्तर्गत भियतनामी , फिलिपिन्स ,इन्डोनेसियाका लगाएत देशका नागरिकहरूले यस वर्ष जुनदेखि बैधानिक ट्राभल एजेन्सीद्वारा सामूहिक भ्रमणको रूपमा खाङ्वन प्रान्तमा अधिकतम १५ द्दिनको लागी प्रवेश पाएका छन l

बेपत्ता पर्यटकहरूले कोरियामा काम गर्नको लागि आफ्नो बसाइको आधिकारिक अवधिभन्दा बाहिर बस्ने प्रयास गरेको आशंका गरिएको छ। यस्तै क्षेत्रीय ३० दिने भिसा रहित कार्यक्रम अन्तर्गत गत महिना जेजु टापुमा प्रवेश गरेका १०० भन्दा बढी थाई पर्यटकहरू अवैध रूपमा काम गर्ने वा देशका अन्य भागहरूमा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका छन्।