
कोरिया भित्रिने विदेशी यात्रीहरूको संख्या एकबर्ष अधि अप्रिलको तुलनामा झन्डै सात गुणाले बढेको छ l
कोभिड -१९ को प्रकोप सामान्य बन्दै गएपछि दक्षिण कोरियाले बिभिन्न किसिमका यात्रा प्रतिबन्धहरू फुकुवा गर्न थालेको छ जसका कारण कोरिया प्रवेश गर्ने बिदेशीको संख्या बढ्न थालेको हो l
गत महिना कुल ८ लाख ८९हजार विदेशी पर्यटकले कोरिया भ्रमण गरेका थिए, जुन गत वर्षको सोही महिनाको १ लाख २८ हजारको तुलनामा झण्डै ६०० प्रतिशतले बढी हो l, कोरिया पर्यटन संगठनले संकलन गरेको तथ्यांकले देखाएको छ।
कोभिड-१९ महामारीको प्रकोप अघि, अप्रिल २०१९मा कुल १.६ मिलियनले मासिक रुपमा कोरिया प्रवेश गर्ने गरेको तथ्यांकमा उल्लेख छ l
गत महिना करिब १ लाख २८ हजार जापानीले कोरिया भ्रमण गरेका थिए, त्यसपछि दोस्रोमा १लाख ९ हजार अमेरिकी आगन्तुकहरू छन्, l
दुई देशबीच बढेको उडान र चीनको श्रम दिवस बिदाको मौसमका कारण चीनबाट आउने पर्यटक १० गुणाले बढेर १०६,००० पुगेको छ।
ताइवान, थाइल्याण्ड र भियतनामबाट क्रमशः ७७ हजार ५४हजार र ४१हजारको संख्यामा आगन्तुकहरू थिए।
यसैबीच, गत महिना कुल १५ लाख कोरियालीहरूले विदेश भ्रमण गरे, जुन एक वर्ष अघिको तुलनामा झण्डै सात गुणाले बढेको छ। योंहाप