Home EPS / कोरिया कोरिया लगायत विश्वभर रहेका नेपाली चेलीको ग्रुप बुहारीले मनायो प्रथम वार्षिकोत्सव, वृद्धाश्रमलाई आर्थिक सहयोग ( अन्र्तवार्ता सहित)

कोरिया लगायत विश्वभर रहेका नेपाली चेलीको ग्रुप बुहारीले मनायो प्रथम वार्षिकोत्सव, वृद्धाश्रमलाई आर्थिक सहयोग ( अन्र्तवार्ता सहित)

0
कोरिया लगायत विश्वभर रहेका नेपाली चेलीको ग्रुप बुहारीले मनायो प्रथम वार्षिकोत्सव, वृद्धाश्रमलाई आर्थिक सहयोग ( अन्र्तवार्ता सहित)

अहिले सामाजिक संजालमा विभिन्न नामका ग्रुपहरु यत्रतत्र देख्न सकिन्छ । विभिन्न पेशा , लिंग ,धर्म ,तथा क्षेत्र जस्ता ग्रुपहरुमा कही न कही हामी पनि जोडिएका  हुन्छौ नै । त्यस्तै छ, भर्खर मात्र अ र्थात्, २०७४ जेष्ठ ११ बाट स्थापनार्थ “ बुहारी ग्रुप “ (म्यारिड वोमन चेम्वर ) । जहाँ विश्वभरका नेपाली बिवाहित नारीहरु समावेश हुन पाउँछन । ६००० भन्दा बढी बिवाहित नेपाली महिलाहरु मात्र संमिलित यस ग्रुपले गत साता आफ्नो पहिलो वार्षिक उत्सब भब्यताका साथ मनायो । ग्रुपले काठमाण्डौको सोह्रखुट्टे स्थित खुशिबु  चाइल्ड केयर सेन्टरमा आकर्षक केक काटी सो सेन्टरका १३ जना वालवालिकाहरुलाई १५ हजार वरावरको खाधान्न र स्टेश्नरी बितरण गरेको छ भने काठमाण्डौ बाहिर  चितवन , हेटौंडा , झापा, र रुपन्देहीका बुहारी सदस्यहरुले पनि असहाय केन्द्र तथा विभिन्न संस्थालाई सहयोग गरी आफ्नो पहिलो वार्षिक उत्सव मनाए ।

स्थापनाको छोटो समयमै यो ग्रुपले अन्य थुप्रै सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।

त्यस्तै , काठमाण्डौ कि किड्नी पीडित लक्ष्मी राणालाई रु १०,०००/-, कपिलवस्तुकी ब्लड क्यान्सर पिडित सबनम खातुनलाई ४०,०००/- र गत वर्ष तराईका बाडिपिडितलाई ३०,०००/- ग्रुपबाटै संकलन गरी सहगोग गरेको ग्रुप कि एड्मिन प्रभा आचार्य बताउँछिन ।

त्यस्तै, ग्रुपबाट आफुलाई परेको दैनिक तथा अन्य बिबिध विषयको समस्याको निकास बिना हिच्किचावट सोझै राख्न सकिने र त्यस्को समाधान पनि तुरुन्तै पाउन सकिने कुरा भएकोले आफ्ना सदस्यहरु खुशी रहेको साइप्रस स्थित अर्की एड्मिन विमला स्वपिनलराजको भनाई छ । त्यसैगरि, आफ्नो ब्यक्तिगत फेसबुक भन्दा पनि बढी  सकृय हुने र परिवार भन्दा पनि नजिक रहेर मनका कुरा शेयर गर्न पाउँदा आफु अन्यन्तै खुशी रहेको बताउँछन  ग्रुपका सदस्यहरु पनि ।

हेल्लोनेपालकोरियाका सम्वाददाता बविता ओली क्षेत्रीले वार्षिकोत्सवको अवसरमा बुहारीका एडमिनसँग गर्नुभएको कुराकानी

बबिता: तपाईहरु ३ जनालाई नै हाम्रो हेल्लो नेपाल कोरिया डटमा हार्दिक स्वागत छ ।

प्रभा, मनिषा, विमला : धन्यवाद ।

बबिता: प्रभा जि , यसरि विवाहित महिलाहरु मात्र समावेश हुने गरी ग्रुप खोलौ भन्ने सोच तपाईहरुमा कसरी आयो ? स्थापनाकालको सुरुवाती अवश्थाको वारेमा थोरै बताईदिनुहोस न ?

प्रभा : बबिता जि , खासमा हाम्रो यो एउटा बिबाहित महिलाहरुको सेक्रेट ग्रुप हो फेसबुकको ।फेसबुकमा यस्ता धेरै ग्रुप छन र हरेकका आफ्नै नियम छन । आज भन्दा २/३ बर्ष  अघि म पनि त्यस्ता कतिपय ग्रुपमा सामेल भएँ अनि बुझ्दै जाँदा हरेक क्षेत्र, वर्ग,समुदाय लगाएतका ग्रुपहरु भेट्टियो तर विबाहित महिलाका लागी भनिएर खोलिएको कुनै ग्रुप भेट्टिएन । त्यसैले, विबाहित महिलाले पनि आफ्नो दुख, सुख शेयर गर्न पाउँन भनेर यो ग्रुप खोलिएको हो ।

अब ग्रुपको सुरुवाती अवश्थाको कुरा गर्नु पर्दा सुरु सुरुमा हामी सबै सबैको लागी नयाँ बुहारीहरु परियो सो चिनजान गर्ने, रमाइलो कुराकानी गर्ने गरियो । पछी क्रमश: बुहारीहरुको सदस्य सङ्ख्या बढ्दै गयो त्यसपछी हामिले कन्फेसन लिङ्क पनि क्रेट गर्यौ र एडमिन लगायत सदस्यहरुको कन्फेसनमा आफुलाई थाहा भएको आइडियाहरु शेयर गर्दै गयौ । यसै गरी बित्यो १ बर्ष हाम्रो ।

बबिता: मनिषा जि , यो ग्रुपको मुख्य उद्देश्य के हो ? यो ग्रुप किन र के का लागी?

मनिषा : यो ग्रुपको मुख्य उद्देश्य भनेको यो ग्रुपमा हामी बिवाहित महिलाहरु मात्र हुन्छौ सो विबाह गरिसकेपछी माइती र घर दुबै तिर ध्यान दिन पर्ने र सबै सम्बन्धहरुलाई उहि विबाहित (बुहारी) ले नै जोड्दै लैजान पर्ने हुन्छ । यही शिलशिलामा उनिहरुको आफ्नो शारिरिक , मानसिक  तथा अन्य कुराहरु ओझेलमा पर्दै जान्छ अनि उनिहरु विभिन्न खाले समस्याको सिकार हुन पर्छ । यही कारणले कम्तिमा पनि आजकल पहुँच छ  जता पनि इन्टरनेटको सो यो ग्रुपमा जोडिन  आउने हरेक विवाहित महिलाले निर्धक्क  सुख, दुख बाँड्ने घर होस र जस्लाई जस्तो समस्या परे पनि मिलेरै समाधान गर्ने ग्रुपको मुख्य उद्देश्य हो ।

बबिता: विमला जि लाई मेरो प्रश्न तपाई त झन प्रवाश मा हुनुहुन्छ, ब्यस्तता पनि ज्यादै होला यस्को ब्यबस्थापनको लागी समय दिन कत्तिको भ्याउनुहुन्छ ? एड्मिनहरु बिचको सहकार्य कस्तो छ ?

बिमला: बबिता जि , हो म प्रवासमा छु । म जस्तै विभिन्न वाध्यतामा प्रवास हुनु हुने धेरै विवाहित महिला हरु  पनि हुनुहुन्छ यो ग्रुपमा । ब्यस्त समयका वाबजुत पनि थोरै समय भए पनि ग्रुपकै पोष्टहरु  हेर्नमा ध्यान जान्छ पहिले । हेल्प पोष्टहरु देखिए तत्काल नै एड्मिनहरु सँग कुरा हुन्छ । हामी एडमिनहरु एकै घरका दिदी बहिनी झै भएका छौ  यसर्थ , हामी बिचको सहकार्य एकदमै मजबुत छ ।

बबिता: प्रभा जि, यो ग्रुप अब छिटै एउटा संस्थाको रुपमा रुपान्तरित हुँदै छ भन्ने पनि सुनियो, कस्तो प्रकारको संस्था खोल्दै हुनुहुन्छ ?

प्रभा: हो , बबिता जि हामी यो ग्रुपलाई छिट्टै नै संस्थाको रुपमा दर्ता गर्न खोज्दैछौ । यसको लागी यो ग्रुपबाट सस्थागत सदस्य हुन सुरुमा १०/१२ जना इच्छुक सदस्यहरु खोजिरहेका छौ  र सकेसम्म यही बर्षमा दर्ता गर्ने सोच रहेको छ । कस्तो संस्था खोल्ने तयारी भैरहेको छ , सम्भबत हामी  दैनिक रोजिरोटिको लागी समस्यामा पर्नु भएको महिलाहरुलाई स्वावलम्वी बनाउने खालका सिपमुलक तालिम दिने योजनामा छौ र भविष्य मा तिनै बुहारीहरुको हातको सिप बाट उच्च गुणस्तरका सामानहरु उत्पादन गरी “बुहारी ब्रान्ड्” को नामले चिनिन चाहन्छौ ।

बबिता: मनिसा जि, १ वर्षको अनुभबमा बिवाहित महिलाहरुको साझा समस्या के देख्नु भयो ?

मनिषा : हजुर , ग्रुपमा पोस्ट भएका कन्फेसनको आधारमा भन्नु पर्दा विवाहित महिलाको लागी परिवारमा आफ्नो पहिचान र स्थान बनाउन नसक्नु , जती नै शिक्षित भए पनि पुरातनवादी संस्कार र सोचले अशिक्षित बोध गराउनु तथा अन्य दैनिक हुने प्राय सामान्य समस्याहरु  नै लागेको छ मलाई । यसर्थ, कतिपय बुहारीहरु कर्म घरमा पनि छोरी झै खुशी हुनुहुन्छ भने कतिपय निरास पनि हुनुहुन्छ ।

बबिता: विमला जि लाई सोध्न चाहे, छोटो समय मै  तपाईहरुले यत्तिका धेरै सामाजिक कार्यहरु गर्न सफल हुनुभएको छ , यो कसरी सम्भब भयो जस्तो लाग्छ ?

बिमला : हजुर , सबै भन्दा पहिला त यो सहयोगको लागी हाम्रा प्यारा सदस्यहरु मुरी मुरी धन्यवादको पात्र हुनुहुन्छ । सबै भन्दा ठुलो कुरा मन नै हो । हाम्रा सदस्यहरु मन खोलेर सहयोग गर्नुहुन्छ । कतिपय बुहारी सदस्यहरुको आफ्नो आम्दानिको श्रोत छैन र पनि श्रीमान  ज्युले घर खर्चको लागी छुट्याएको रकमले घर खर्च टारेरै पनि सहयोग गर्नु हुन्छ । उहाँहरुको यो माया, विश्वास र सहयोगको लागी  धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि एस्तै यस्तै माया, विश्वास र सहयोगको अपेक्षा पनि राख्दछु ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here