कोरिया सम्पन्न भयो श्रम सहचारी रमा भट्टराको बिदाइ तथा सम्मान कार्यक्रम

184

कोरिया स्थित नेपाली दुतावासमा कार्यरत श्रम सहचारी रमा भट्टराईलाई एक कार्यक्रमको आयोजना गरि यहाँ रहेका बिभिन्न संघ संस्थाले संयुक्त रुपमा बिदाइ तथा सम्मान गरेका छन l
दक्षिण कोरियाको २ बर्षे कार्यावधि समाप्त गर्दै आगामी बुधवार नेपाल फर्किदै गरेकी भट्टराईलाई एनआरएन कोरियाको आयोजनामा बिभिन्न बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भै बिधाई तथा सम्मान गरिएको थियो l

गत आइतबार एनआरएनए दक्षिण कोरियाको सभा हलमा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कुँवर ,सचिव जुनू गुरुङको सहभागिता रहेको थियो भने पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष किसन गौतम लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

श्रम सहचारी भट्टराईले आफूले दक्षिण कोरियामा कार्यभार सम्हाल्दा देखि अन्त्य सम्म कोरियामा रहेका नेपालीहरुको माया स्नेह सहयोग प्रति आफू सदै ऋणी भएको बताइन् यहाँ बस्दा नेपाली श्रमिकको अवस्था अझै बढी बुझ्न पाएको र समस्याको न्यूनीकरण , श्रमिकहरूको हक अधिकार लगायतको विषयमा आफूले सक्दो प्रयास गरेको र आगामी दिनमा पनि सहयोग गरिरहने बताइन l
त्यस्तै २ वर्षको कार्यकालमा सहयोग गर्ने नेपाली राजदूतावास , एनआरएनए कोरिया , पत्रकार महासंघ लगायत जातीय क्षेत्रीय संघसंस्था एबं कोरियामा रहेका नेपालीहरुलाई दिएकी थिइन l

एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दीपक पुनले श्रम सहचारी रमा भट्टराईको कामप्रति प्रशंसा गर्दै नेपाली राजदूतावासको सहकार्यमा एनआरएनए दक्षिण कोरियाले श्रम सम्बन्धी थुप्रै काम गरेको र कार्यक्रम सफल पार्ने प्रमुख पात्रको रुपमा भट्टराईलाई अंकित गरे ।
कार्यक्रममा नेपाल गोरखा परिवार , कास्की समाज , सिन्धुपाल्चोक समाज , पांच स दक्षिण कोरिया , कर्णाली प्रदेश , नेपाल मगर संघ , बाग्लुंग समाज लगाएत डेढ दर्जन भन्दा धेरै संघ – संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l