कोरिया स्थित नेपाली दुतावासले भेदभाब गरेको भन्दै रेमिट्यान्स कम्पनि हरु आक्रोशित

4168

कोरियन सरकारले बैधानिकता दिएसगै कोरियामा रेमीट्यान्स खोल्ने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा रेमिट्यान्स कम्पनिमा प्रतिस्पर्धा सगै सेवाग्राहीले रेमिट कम्पनिको बिभिन्न अफर हरु पनि उपभोग गर्न पाईरहेका छन। यसै क्रममा अहिले कुनै रेमिटले गिफ्ट अफर, कुनै ले लोन सेवा तथा कुनै रेमिटले काउन्सिलिङको काम पनि गर्दै आईरहेका छन।

रेमिट कम्पनीहरुको  प्रतिस्पर्धा सगै कोरिया स्थित नेपाली दुतावासले पक्षपात गरेको भन्ने गुनासा हरु पनि बाहिरिन थालेका छन्   । गत महिना एम्बेसीकप फुटबलमा  एकलौटी रूपमा जिएमईलाई स्टल दिएको कुरा पनि बजारमा आएको थियो । एउटा सरकारी निकायले कुनैपनि कार्यक्रम गर्दा टेण्डर वा सबै रेमिटलाई बोलाएर सल्लाह गरेर सहयोग माग्नु पर्थ्यो तर एम्बेसीले जीएमईलाई मात्र सुटुक्क  स्टल राख्न दिनुले अलिकति शङ्का उत्पन्न गरेको अधिकांस रेमिट कम्पनि हरुको गुनासो छ l

फेरी त्यो घटना सेलाउन नपाउदै  जिएमईको  ब्यापारिक प्रमोसनको लागी जिएमईको शाखा कार्यलयमानै एम्बेसी बाट श्रम सहचारी गएर काउन्सिलिङ गर्ने भन्ने कुरा पनि बाहिरिएको थियो । “यदि एम्बेसीले साच्चै सेवा दिन चाहन्छ भने कुनै ब्यापारिक प्रलोभनमा नलागेर वा नपाल हाउस तथा अन्य  हल भाडामा लिएर पनि काउन्सिलिङ गर्न सक्छ ।”   रेमिट कम्पनिमा कार्यरत  एक  नेपाली कर्मचारीले भने l

“तर यहा जिएमईले दुतावासको प्रयोग गरेर प्रमोसन गरेको वा एम्बेसी कुनै प्रलोभनमा परेर ब्यापारिक कार्यलयमा गएर कार्यक्रम गरेको यसमा शङ्का उत्पन्न भएको छ l” उनको भनाइ थियो l

यसबारे  हामीले कोरिया स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा उपनियोग प्रमुख किरण शाक्यले दुतावास  कुनै पनि रेमिट कम्पनि हरु प्रति पुर्बग्राही नरहेको बताए l उनले भने ” दुतावासका कार्यक्रम हरुमा सहकार्य गर्न उहाहरु पनि आउनु हुन्छ भने हाम्रो लागि सबै बराबर हो l यो पटक  एउटा कम्पनीले प्राथमिकता पायो भने भोलिका  कार्यक्रम हरुमा अर्को कम्पनीले प्राथमिकता नपाउने भन्ने कुरै हुदैन l तर उहाँहरु पनि आउनु पर्यो  ,प्रक्रियामा जानु पर्यो l यतिमात्रै होइन उहाँ हरुले ल्याएका भिजन हरुमा पनि दुतावास सहकार्य गर्न तयार छ l पेसिभ  बसेर आरोप तिर लाग्नु भन्दा पनि एक्टिभ भएर आउनुहोस सम्पूर्ण रेमिट कम्पनि हरुलाई हाम्रो स्वागत छ ”

हाल कोरियामा आधा दर्जन भन्दा धेरै रेमिट्यान्स कम्पनि हरुले सेवा दिइरहेका छन् l एकैचोटी ह्वात्तै रेमिट्यान्स कम्पनि हरु खुलेर एक आपसमा प्रतिसपर्धा गर्दा एकातिर सेवाग्राहीलाई  राम्रो फाइदा पुगेको छ भने अर्को तिर गैह्र कानुनि हुण्डी  कारोबार ८० प्रतिशतले घटेको अनुमान गरिएको छ l

प्रतिक्रियाहरू