कोरोना भाइरसका कारण एकैदिनमा १०३ जनाको मृत्यु, ,कुल सङ्ख्या १ हजार नाघ्यो

1056

चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।
उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो।

यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १ हजार नाघेको छ।
चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्।
त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।

सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको बिबिसीले जनाएको छ l

प्रतिक्रियाहरू