कोरोना भाइरसको बाबजुत पनि कोरियामा बिद्यालयहरु खुले ,पठन पाठन सुचारु

578

दक्षिण कोरियामा केहि महिनादेखि महामारीको रुपामा फैलिएको कोरोना भाइरस केहि साम्य हुन थालेपछि बिद्यालयहरु पुनः सुचारु भएका छन् l पहिलो चरण अन्तर्गत माध्यमिक तहका पठनपाठनहरु बुधबार देखि  सुचारु भएका हुन् l
गत फेब्रुरीमा कोरोना भाइरसले महामारीको रुप  लिएपछि सम्पूर्ण तहका बिद्यालयहरु बन्द भएका थिए l पुर्व प्राथमिक देखि  अन्य तहका बिद्यालय भने जुन ८ देखि सुचारु गर्ने  शिक्षा मन्त्रालयले बताएको छ l

खाङ्बन्दो क्षेत्रका  ६० जना भन्दा कम बालबालिका रहेका बिद्यालयहरु पनि सुचारु भएका छन् l सो  क्षेत्रमा १७० वटा  उक्त बिद्यालयहरु छन l

बुधाबार देखि पुनः संचालनमा आएका हरेक बिद्यालयहरुमा शिक्षक तथा बिधार्थीको स्वास्थ निगरानी तथा सेल्फ आइसोलेसन लगायतका कुरालाई बढी जोड दिने बताइएको छ l उक्त बिद्यालयहरुमा शिक्षा मन्त्रालयले ७ वटा चेक पोइन्ट समेत उपलब्ध गराएको छ l

यधपी कोरियामा कोरोना भाइरस भने पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन l २ साता पहिला १ डिजिटमा झरेको नयाँ संक्रमितको संख्या इथेवन क्लबको सामुहिक संक्रमण पश्चात पुन बढेको छ l बुधबार मात्र ३२ जना नया संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ११ हजार  १ सय १० पुगेको छ l त्यसैगरी  ९ हजार भन्दा धेरै निको भै घर फर्किसकेका छन l
योंघाप

प्रतिक्रियाहरू