कोरोना विरुद्दको लडाँइमा अमेरिकाले माग्यो कोरियासँग मेडिकल उपकरण

3264

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाका राष्ट्रपति मून जे-इन लाई आज (मंगलवार) फोन गरी कोभिड-१९ को युद्दमा आफ्नो देशलाई सहयोग गर्न आग्रह गरेका छन्।

दुई राष्ट्रपति बिचको टेलिफोन कुराकानीमा ट्रमले हाल अमेरिकामा कोरोना भाइरस तिव्र गतिमा बढिरहेकोले यसको नियन्त्रणको लागि खासगरि कोरियामा उत्पादित मेडिकल टेस्ट किट माग गरेका हुन्। छलफलपछि मुनले जवाफमा भनेका छन्, “हाम्रो सरकारले अधिकतम सहयोग गर्नेछ।”

साथै, मूनले “अमेरिकी खाद्य तथा औषधी विभाग”को स्विकृति पछि सहयोग गर्न सकिने कुराको ध्यानाकर्षण गराएलगत्तै ट्रम्पले आजै स्विकृतिका लागि प्रक्रिया शुरु गर्ने बताएका छन्। कोरियाले पछिल्लो समयमा तिव्र गतिमा कोरोना नियन्त्रण गरेकोमा आफू खुसी भएको पनि ट्रमले बताए। करिव २३ मिनेटको टेलिफोन वार्तालापमा ट्रम्पले माहामारी विरुद्दको युद्दमा आफूलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन्।

कोरियामा केही साता अघि तिव्र गतिमा फैलिएको कोरोना पछिल्लो समयमा भने नियन्त्रणमा आएको तथ्यांकले देखाएको छ। देश पूर्णरुपमा लकडाउन नै नगरी भाइरस नियन्त्रणका लागि तिव्रगतिमा टेस्ट किटहरुको उत्पादन शुरु गरिनु अनि तत्कालै प्रयोगमा ल्याईनुलाई ठूलो सफलताको रुपमा हेरिएको छ। कोरिया सरकारले पहिलो संक्रमित भेटिए लगत्तै स्थानिय कम्पनिहरुलाई किट निर्माणको स्विकृति सँगै नमूना संकलन र परिक्षणका लागि करिब १०० वटा प्रयोगशालाहरु तत्कालै खडा गरि द्रुत गतिमा परिक्षण शुरु गरेको थियो। अहिले कोरियामा दैनिक १ लाखको हाराहारीमा कोरोना टेस्टिङ किट उत्पादन भइरहेको छ भने करीव १७ देशहरुमा निर्यातको तयारी भइरहेको छ। गत जनवरी देखि अहिलेसम्म करिब ३ लाख ५० हजार मानिसहरुमा परिक्षण गरिसकिएको छ भने दैनिक रुपमा १५ देखी २० हजारसम्म परिक्षण हुनेगरेको छ। हाल कोरोना नियन्त्रणको लागि कोरियामा उत्पादित उपकरणहरुको माग विश्वभरिवाट भइरहेको छ।

यो समाचार तयार पार्दासम्मको तथ्यांक अनुसार अमेरिकामा ५४ हजार ९ सय ३५ कोरोना संक्रमित भएका छन्, भने ७ सय ८४ को ज्यान गएको छ।

 

 

 

प्रतिक्रियाहरू