गजेदोको ओक्पो डाँडाँमा साकेला मनाइने

857

किरातीहरुको आफ्नै पहिचान भाषा र संस्कृति जगेर्ना हाम्रो अभियान नाराका साथ किरात राई यायोख्खा कोरियाले गजेदोको ओक्पो डाँडाँमा साकेला धुमधामका साथ मनाउने भएको छ । यहि आउँदो आइतवार मे २६ तारिक अपरान्ह १२ बजे देखि शुरु हुने कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ ।

उभौली साकेला यले सम्वत ५०७९ नाम दिइएको उक्त कार्यक्रममा राष्ट्रियता झल्कने विभिन्न मौलिक बाजाका साथ नाच गान गरि धुमधामका साथ मनाइने भएको छ । डाँडाँको प्राकृतिक मनोरम ठाँउमा साकेला मनाउदा थप रौनकता र रमाइलो हुने आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा स्टारेमिटको एप दर्ताको सुविधा
कोरिया सरकारबाट मान्यता पाएको पहिलो नेपालीको रेमिटेन्स स्टारेमिटले कार्यक्रममा एप दर्ताका लागि अटो डेविट सिष्टम र म्यानुअल सिष्टममा एप दर्ता सुविधा प्रदान गरेको छ । स्टारेमिटमा पहिलो रेमिटेन्स निशुल्क र रियल टाईम पेमेन्टको सुविधाका कारण नेपालीहरु यसतर्फ आर्कषित भएका छन । थप जानकारीका लागि ०१०४४९११९०१

 

प्रतिक्रियाहरू