गर्मिका लागि कस्तो फलफुल खाने

0
364

गर्मि मौसममा बढि मात्रामा थकाई लाग्नुको साथै शरिरमा हुने दुखाई वा तनाब बाट मुक्त हुनको लागि ताजा फलफुलको प्रयोग गर्नु अति नै उपयोगि हुन्छ ।

गर्मि मौसममा खरबुजाको प्रयोग
गर्मि मौसममा खरबुजाको प्रयोग गर्नु अति नै उपयोगि हुन्छ । खरबुजामा ९० प्रतिशत पानिको मात्रा रहेको हुन्छ । गर्मि मौसममा बढि मात्रामा शरिर बाट पसिना आउने थकाई लाग्ने तथा बढि तिर्खा लाग्ने भएकाले यस समयमा खरबुजाको सेबन गर्नाले उक्त समस्याबाट मुक्त पाउनुको साथै शरिरमा शक्ति प्रदान गर्दछ । कोरियन डक्टर किम सो ह्याङका भनाई अनुसार गर्मि मौसममा मानिसहरुलाई बढि थकाई लाग्ने र शरिरबाट बढि मात्रामा पसिना आउने भएकाले गर्मिमा खरबुजाको प्रयोग गर्नु लाभदायक हुन्छ । खरबुजामा बढि मात्रामा पानी हुने गर्दछ जसले शरिरलाई शान्त तथा शरिरमा शितलता प्रदान गर्नुको साथै यसले कब्जियत हुन बाट पनि बचाउदछ तर एकै समयमा अधिक मात्रामा सेबन गरेमा पेटमा असर गर्दछ।

गर्मि मौसममा आरुबखडा अङ्गुर र आरुको प्रयोग
गर्मि मौसममा आरुबखडाको प्रयोग गर्नु अति नै उपयोगि हुन्छ र यसको प्रयोगले पाचन शक्तिलाई राम्रो गनुको साथै कब्जियत हुनबाट पनि बचाउदछ । आरुबखडामा भिटामिन ए बि र फलामको मात्रा हुने भएकाले गर्मिमा यसको प्रयोग गर्नु अति नै उपयोगि हुन्छ । गर्मि मौसममा अङ्गुरको प्रयोग गर्नु अति नै उपयोगि हुन्छ यसमा बढि मात्रामा भिटामिन, फलाम पाईन्छ जसको सेबनले प्रतिरक्षा शक्तिमा बृदि हुन्छ र रक्तअल्पता भएका बिरामिहरुको लागि पनि अङ्गुरको प्रयोग गर्नु अति नै उपयोगि हुन्छ । आरुमा प्रशस्त मात्रामा भिटामिन फ्लाम र क्यालसियम पाईने गर्दछ । बढि मात्रामा धुम्रपान तथा मध्यपान गर्ने ब्यक्तिहरुका लागि पनि यो अति नै उपयोगि हुन्छ । फरक फरक शरिर अनुसार थरि थरिका फलफुल स्वास्थ्य शरिरको लागि फलफुलको अति नै आबश्यक पद्र्धछ । ब्यक्तिले आफ्नो शरिर अनुसार फलफुलको प्रयोग गर्नुपर्छ । मधुमेहका बिरामिहरुले भुईकटर स्याउ टमाटर सेबन गर्नु अति नै लाभदायक हुन्छ । मानब शरिरका लागि एकै प्रकारको फलफुल मात्र प्रयोग गर्नु पनि हानिकारक हुन्छ त्यसैले सन्तुलित भोजनलाई ध्यान दिई खानेकुराको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here