गाईका कुरा गर्नोस,भाईका कुरा नगर्नुस

627

के छ तनि भाई कोरियाको र नेपालको पशुपालनमा फरक ?मैले ४/५ बर्ष गाई फर्ममा बिताएका मजदुर भाईलाई सोधे।ए दाई !नो कुरा गर्नुस ।आकास जमिनको फरक छ।कॉहाबाट शुरु गरौ?ऑफैले देखे भोगेका कुरा गर्दा छुट्टीमा जॉदा मान्छे हॉस्नी,नपत्याउनी,गफै त हो भनेर ओठ लेप्राए।अरु त के नेपालको कृषि क्षेत्रको अग्रणी संस्था नेपाल कृषि अनुसन्धान केन्द्रका सय मिटर आसपासका किसान र त्यँहि काम गर्नि कर्मचारीले धरी मैले यि कुरा गर्दा दंङ खाए।यॉहा त कुराकानी सकिएसि म उ त्यो नोङजाङमा स्थलगत लैजान्छु हुन्न दाई?उनले दरो आत्म बिश्वासका साथ भने।
लम्वाचौडा कुरा नअरी सोझै गोठतिर जाउ न यार मैले आग्रह गरेँ।
ए मेरा दाई !चारवटा गोठॉ ३सय ओटा गाई गोरु छन,साहु साउनी ७०माथिका छन कामदार मएउटा मात्र हो।एउटा भैँसि पालेर त्यसैको मत्रै सुसिल्को अरेर भैँसि मोटाएर बङ्गुर मान्छे गलेर टुङ्गुर हुने अवस्था झेलेका र नाईटाबाट पसिना चुईनेगरि घॉस बोकेका हामिलाई त यो कल्पना भन्दा बाहिरको संसार जस्तो लॉउच।मलाई मत्रै एस्तो हो कि भनेको रहिन्च दाई।एउटै प्लेनमा आएका हामि ३जना छिन्गु(साथि)फुनमा कुरा गर्चम।एउटाले ३०हजार कुखुराको दानापानि गरिकन २०हजार अण्डा बजार पठॉम्च अरे।अर्को ३६हजार बंगुर भको कंपनिमा छ उस्को जिम्मा ८हजार बंगुरको एटुजेड काम अर्न पर्च अरे।उनिहरुको तुलनॉ त मेरै काम सजिलो।गाईको सेवा गर्नु हाम्रो धर्म पनि हो हैनर ?दाई।

कुरो सहि हो !भन्दै यिनको घॉस पराल र दानापानिको बारेमा बताउन भने पछि उनले भने।
ए मेरा दाई!हरियो घॉस त यॉहाका जनावरले खॉदा रहिन्छन।जन्मेदेखि नै सुकेको खॉदा रचन।वरीपरी बन्सो घॉस काटेर एकदिन बाच्छाबाछ्छीलाई खुवाएर यसो ति उफ्रिएको खेलेको हेरौ भनेर हरियो घॉस खुवाउन लाएको देखेर साहुले सेक्या सिप्फाल मात्रै भनेन हातमा रहेको ऑसि नै ताक्यो।धन्नै जागिर बॉच्यो।बस्तुले सोझै हरियो घॉस खाए बिरामि हुन्छन भन्ने मान्यता रहेछ।सुकेको घॉसमा खाद्यतत्व कायम रँहदो रहेछ क्या हो नत्र किन यँहिका जनाबर मोटाघाटा दुध बढि दिने छन त।मैले देखेको कुनै जनावरलाई नि हरियो घॉस हालेको देखिन दाई।नेपालमा सुकेको घॉस पराल मात्रै प्रयोग गर्नि हो भने एउटा पाल्निले १०वटा पाल्न सकिन्न तनि?दाना त बयस्क गाईलाई बिहान ठिक ५बजे ३किलो बेलुकि ५बजे ३किलो गरेर ६किलो हो भने घॉस पराल १२भए पुग्दो रच।पानि ९/९वटा गाई भएको खोरमा बिचमा डुँड राखिएको छ।जाडोमा मन तातो गरिन्छ भने गर्मिमा चिसो बनाईन्छ।खरो भका बेलॉ स्वत्न्त्रपुर्वक खान्छन।नेपॉलॉ झै साउ ससुराली जॉदाका दिनमा गाईले बिहानै पानी पिईदिनु पर्नि बाध्यता छैन।

औषधि उपचार के कसरी गर्नि रहेछन त भाई?सुनम न।
ए मेरा दाई!साउले नै भेटेनरी पढेको रच।गाईलाई दाम्लाले बॉध्नि बिरामि भएर उपचार गर्दाखेरी मात्रै हो।उपचार गर्दा उपचार सामाग्री हातमा लिएर साउलाई सघाउनि मेरो काम हो।एउटा गाईको पिसाव नलिमा समस्या रहेछ।बुढाले माझशरिरमै चिरेर एक घन्टामै ढाडबाट पिसाव फेर्नि बनाईदियो।अर्को एउटा ढाडिएको थियो।पेट चिरेर अर्को कोखाबाट गोबर फाल्नि बनाईदियो।कृषि त पढेकैले गर्नि पेशा रहेछ।कृषि पढेका प्रविधिकहरुले त ठुला फार्म खोल्नि पो रच जागिर खाएर घाम ताप्नि कृषि बिज्ञ प्राविधिक देखेर धिक्कार लायो मलाईता।हाम्रॉ त गाई भैसि किन गलेका हुन भन्यो भने चिसाले हो माटे लायो भन्छौ।अनि दवाई लिन भेटनरीमॉ कसरी खुवाउनी हो डाक्टर साप भन्दा सके मुठिले खुवाउ नसके ढुम्री या बोत्तलको साहयताले खुवाउ भने ।रामो राम यि जनै कसम।दाई
अनि तेत्रा गाईको गोबर कसरी फाल्छौ तनि भाई ?मैले गॉउले पारामा प्रश्न गरे।
ए मेरा दाई !यो त झन गज्जवको आईडिया रचनि?तँपाई भैँसिले कति खेर गोब्रारउला र फालौला तिनफेरी कम्तिमा नि भकारा फाल्ने फुर्सत कॉहा छ र कोरियामा।दानापानि मिलाएर दिएसि ओभानो नटॉसिने गोबर पो हुँदोरहेछ। घुँडा डुब्नि गरी ३महिनॉसम्म गोबर नफालेनी कसैले किन गोबर फालिनस भन्दैन।एकै चोटि २/३ महिनॉ डोजर लाएर फाल्नी हो।टेक्टरमै डोजरको बकेट जोडिन्छ।एकै ठॉउमा थपारेर गोवर्द्वन पाहाड बनाएर काला प्लाष्टिकले छोपिन्छ।अनि गोवर कंपनिका गाडि आएर लैजान्छन।राम्ररी समयमा संतुलित दाना पानि नभएर पो रच चिसो लाउनि माटे लाउनी।हाम्रा त दवाई बिकाउन भेटेनरियनले गॉठि कुरा बताउदैनन या तिनैलाई थाहा छैन।

लामो होला फेरी।अब सर्टकटमा छुटपुट बताउ भाई भन्दा उनि भन्छन।
ए मेरा दाई!बहर लाउनी कुरो त छुटाउनै हुदैन कसम।कुन गाईले बहर खोजे भनेर जान्न नौ वटा गाई भको खोरमा जुन गाईले बहर खोजेको हो अरु गाईले उ माथि समलिङगि प्रयास गर्दारचन।नेपालॉ एक्ला एक्लै दाम्लोमॉ बॉधेर पो उपाय नास्ति भर कराउनि रचन।फेरी गोठमॉ बाच्छो या बाच्छि जे आवश्यक छ त्यहि बिउ कृतिम गर्भाधान गरेको देखियो।अझ गाई सन्तुष्ट होउन भनेर बहर लाउनी तर बिउ संकलनको उद्देश्यलाई प्रमुख प्रथमिकतामा राख्छन साउहरुले।जन्मने बित्तिकैका बाच्छाबाच्छिलाई कपडा लाईदिने,कानॉ नंवर टॉसिदिने,डायरीमा प्रतेकको जिवनी टिपोट गर्नि,३/३महिनामा होलबडि चेकअप गर्नि,अनुमति बिना अर्काका गोठमा कुनै मनिस गएमा कानुनको कठघरॉ ठडिनु पर्ने हुन्छ।कामदार पनि आवश्यक सुरक्षाको साथमा गोठमा जानुभन्दा अगाडि नुहाएर बिसंत्रमित भएपछि मात्रै जानुपर्छ।दुध मेसिनले दुहुनेहो स्याम्खा ट्यामि बाल्टि छैनन सोझै पाईपबाट ट्याङकरमा जानि हो ।लगभग सकियो दाई
ए ति धेरै कुराकानी गरियो ।नेपालमा काम लाग्न सक्छ।भाईको नाम ठेगाना के होला?अलि आक्रोसित मुडमा उनले भने।
ए मेरा दाई!गाईका कुरा गर्नुस भाईका कुरा नगर्नुस।गाईको बारेमा जति पनि भन्छु तर मेरो नाम भन्दिन।किन ?मैले प्रतिप्रश्न गरे।
खासमा म त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा स्नाकोत्तर गरेको मान्छे हुँ त्यो पनि प्रथम श्रेणिमा सिरनीमा राखेको त्यो प्रमाणपत्रको ईज्जतका खातिर नाम भन्न सक्तिन।एत्ति भन्न सक्छु जय कृषि जय किसान,भविष्य हाम्रो हातमा छ।
तो मान्आयो हेङनिम(फेरी भेटौला दाई)भनेर भाई गए।पेङदोङ स्टेसनमा रेल नआईन्जेल सँगै भयौँ रेल आयो भाई खुवान्जु हुँईकिए।म एकोहोरो टोलॉईरहे। हरिराम भण्डारी,पोखरा,हाल दक्षिणकोरिया

प्रतिक्रियाहरू