
जानेदेखि फाइदै फाइदा, जनावर गाई
गाँउमै बसी पैसा टिप्न, गाइ पाल दाइ।।
हेर हामि गरिव भएउ,हेलाँ गाइलाइ।
गाँठी कुरा बताउँदैछु, हाम्रा दाजुभाइलाइ।।
उप्रेतजि नी भन्न थाले, नदेल न गाइ।
गाइ भन्दा मँहगो भयो, घाँस पराल लाई।।
एउटा दुइटा पालेर त, दुख मात्रै होला।
व्यवशायिक भएउ भने, संवृदीले छोला।।
मर्र्दा पर्र्दा दानै गरे, स्वर्र्गै मा हो जाने।
हातमुख जोर्न यो उपाय,ग्यारेन्टी नै ठाने।।
पवित्र छन सवै अंग,भुल्थे कृसष्ण काले।
धन धर्र्म भरिपुर्र्ण, होला गाइ पाले।।
अाठ हजारलि दुध, ठ्याम्मै एकै बेतमा।
लटरम्म बाली नाली, गोबर हाले खेतमा।।
छैन पिर बजारको,गोठमै बजार अाउँछ।
गाँउमै बस्छ छोरो अव, किन परदेस धाउँछ?
बाछो पाए गोरु होला,बिउको लागि बहर।
बाच्छि पाए पुर्याईदेला,सारा मनका रहर।।
डालेघॉस भुँई घॉस ,हाम्रै पाखा भरी।
दाना पानि गॉउमै हुन्छ,खानु पर्छ गरि।।