गायक रमेश कुमार श्रेष्ठको तेश्रो एल्वम ‘नम्बरी चप्पल’ सार्वजनिक (भिडियो सहित)

200

दोलखाको वैतेश्वर गाउँपालिका -८, क्षेत्रपामा जन्मेका उदयमान गायक हुन्, रमेश कुमार श्रेष्ठ। रोजगारीको शिलशिलामा दक्षिण कोरियालाई विगत लामो समय देखि कर्मभुमि वनाउँदै आएका उनी गीत-संगीत आफ्नो रुचि भएको बताँउछन्।

उनको तेश्रो एल्वम ‘नम्बरी चप्पल’ हालसालै सार्वजनिक भएको आधुनिक गीत हो। ओ.एस.आर. युट्युब च्यानलबाट उक्त्त गीत उनले भर्खरै रिलिज गरेका हुन्। यस अघि पनि उनले “माया चन्चले”, “सक्किगो नि त” जस्ता गीतहरु बजारमा ल्याइसकेका छन् । गीतको शब्द, संगीत कृष्ण कुमार राईले गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन्।

म्युजिक भिडियोमा कोरियोग्राफरको रुपमा भने निश्चल केसीको योगदान अतुलनीय रहेको छ। गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक तथा मोडल श्रेष्ठले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिएका छन् । उनी भन्छन्, ‘सदाबहार र सुगम संगीतमा मेरो रुचि छ । पछिल्लो समय सबै प्रकारका गीत निर्देशन तथा मोडल गर्दै आएको छु ।’

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र नेपाली ठिटोले अभिनय गरेका छन् । छोटो समयमा नै गीतले सर्बत्र चर्चा पाइसकेको छ ।

गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक तथा मोडल श्रेष्ठले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिएका छन् । उनी भन्छन्, ‘सदाबहार र सुगम संगीतमा मेरो रुचि छ । पछिल्लो समय सबै प्रकारका गीत निर्देशन तथा मोडल गर्दै आएको छु ।’ ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र नेपाली ठिटोले अभिनय गरेका छन् । छोटो समयमा नै गीतले सर्बत्र चर्चा पाइसकेको छ ।

प्रतिक्रियाहरू