गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग

569

दुवै मृगौला खराब भै हाल काठमाडौं स्थित  ग्रांन्डी अस्पतालमा उपचार्थ गुल्मी रेसुङ्गा-४ निवासी २०बर्ष का टेकराज खनाल  लाइ कोरिया बाट आर्थिक सहयोग प्रदान गरिएको छ l


हाल कोरियामा कार्यरत गुल्मीका सुर्य पन्थी को बिसेष पहल तथा गुल्मीकै प्रेम कुँवर ,पूर्ण प्रसाद भण्डारी तथा बिष्णु कुँवरको सहयोगमा संकलित रकम १ लाख ३४ हजार रुपैया अस्पतालका प्रमुख लोक बहादुर टन्डनको बिसेष रोहबरमा मित्रलाल पन्थी तथा एम पी खनाल द्वारा प्रदान गरिएको हो l


उनको जीवन रक्षाका लागि उनकै आमा मिना खनालले आफ्नो मृगौला दिन तयार भएको भएपनि  आर्थिक अभावका कारण उक्त काम हुन नसकेको अबस्थामा कोरिया बाट थोरै भएपनि रकम संकलन गरि पठाउ सफल भएकोमा खुसि लागेको अभियान्ता सुर्य पन्थीले बताए l