गुल्मी सम्पर्क समिति कोरिया द्वारा बिभिन्न कार्यक्रम हरुको आयव्याय सार्बजनिक

1026

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले गत सेक्टेम्बर ९ तारिखमा आयोजना गरेको तीज बिसेष कार्यक्रम तथा सेक्टेम्बर २३ तारिखमा आयोजना गरेको छैठौ रेसुंगा कप  भलिबल कार्यक्रमको संयुक्त रुपमा सम्पूर्ण हिसाबकिताब सार्बजनिक गरेको छ l
गत आइतबार राजधनी  सियोलमा बसेको आर्थिक समितिको बैठकले उक्त हिसाब किताब सार्बजनिक गरेको हो l हिसाब किताब सार्बजनिक गर्दै समितिका अध्यक्ष चन्द्र रानाले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी ,पत्रकार  कलाकार लगाएत गुल्मेली दाजुभाई तथा दिदि बहिनीहरु प्रति आफ्नो ब्याक्तिगत तथा संस्थाको तर्फदेखी धन्यवाद समेत ब्याक्त गरे  l
कार्यक्रममा नेपालदेखि राष्ट्रिय स्तरका गायककार  रामचन्द्र चन्द तथा रितु थापालाई आमन्त्रण गरिएको थियो भने स्थानीय कलाकारको पनि बिसेष प्रस्तुति रहेको थियो l त्यसैगरी सेक्टेम्बर २३ मा आयोजना गरिएको छैठौं रेसुंगा कप भलिबल प्रतियोगितामा कुल १९ टिमले भाग लिएका थिए l

संयुक्त रुपमा प्रकाशित  आयव्ययको विवरण
तीज तथा भलिबल कुल आमदानी – १ करोड ४९ लाख ७ हाजर ५ सय वोन
जम्मा खर्छ १ करोड ४४ लाख ६४ हजार १ सय ३० वोन
बचत रकम ४ लाख ४३ हाजर ३ सय ७० वोन

प्रतिक्रियाहरू