गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले चर्चित कलाकारको साथमा तीज बिसेष कार्यक्रम गर्ने

0
3445

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले हरितालिका तीजको अवसर पारेर बृहत तिज बिसेष तथा दरखाने कार्यक्रम गर्ने भएको छ l कार्यक्रमको लागि नेपाल कि चर्चित लोक दोहोरि गायिका ऋतु थापालाइ कोरिया ल्याउने तयारि भएको समितिले जनाएको छ l
आइतबार कोरियाको दोंग्देमुंनमा बसेको समितिको  बैठकले आगामी सेक्टेम्बर ९ तारिखमा आयोजना हुने कार्यक्रम लाइ पूर्ण रुपमा ब्यबस्थित गर्न बिभिन्न उपसमिति समेत गठन गरेको छ l
कार्यक्रमलाइ सभ्य  र भब्य रुपले सम्पन्न गर्नको निमित्त कुनै पनि संघ संस्थालाई कार्यक्रम नजुधाई सहयोग गरिदिनु हुन पनि अनुरोध गरेको छ l त्यसैगरी संस्थाले स्थान संथा अन्य सम्पूर्ण विवरण केहि दीनमा प्रकाशित गर्ने पनि जनाएको छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here