
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको अभिभावकत्वमा ओ एच सी बाग्लुंग ले आयोजना गरेको प्रथम ओ च सी कप गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ!
१२ बर्ष पहिले कोरियाको भलिबलमा एकछत्र राज गरेको गुल्मी १२ बर्षपछि पुन लयमा फर्किएर यो सिजनका ६ वटा खेलमा ३ वटा मा उपविजेता बन्यो भने ३ वटामा बिजयी हुन सफल रह्यो! यस अन्तिम खेल बाट टिम गुल्मीका धेरै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन विधागत अवार्ड पनि पाउन सफल भएका छन्
बेस्ट प्लेयर- करण वली गुल्मी
बेस्ट स्पाईकर- जिवन मगर गुल्मी
बेस्ट लिब्रो-कुमार दर्लामी गुल्मी
साबिक बिजेता बाग्लुंग समाज संगको खेलमा गुल्मी कै बिक्रम घर्ति मगर म्यान अफ द म्याच भए भने गुल्मी र विश्वकर्मा समाजको खेलमा म्यान अफ द म्याच गुल्मीका उत्कृष्ट खेलाडी शिशिर विश्वकर्मा भएका छन्!