गैर आवासीय नेपाली संघ चीनमा महिला फोरम गठन

151

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीनमा महिला फोरम गठन गरिएको छ। गैरआवासीय नेपाली संघको एशिया तथा प्रशान्त क्षेत्रको महिला संयोजक जुनु गुरुङले हेल्लो नेपाल कोरिया डटकमलाई  दिएको जानकारी अनुसार जुन ९, २०१९ मा सो फोरम गठन गरिएको छ l
चिनमा रहेका महिलाहरुको भेलाले एनआरएनए एनसीसी चीनकी महिला संयोजक रन्जिताा  आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरिएको हो। कार्यक्रममा एनआरएनए एनसीसी चीनका अध्यक्ष शान्ति अधिकारी र एनआरएनए एनसीसी हङकङकी अध्यक्ष टीका गुरुङ अतिथिको रुपमा उपस्थित थिए।

अर्को महत्वपूर्ण कुरा  गैरआवासीय नेपाली संघको अन्य क्षेत्र भन्दा एशिया तथा प्रशान्त क्षेत्रका महिलाहरु बढी सकृय छन्। सामाजिक र अन्य गतिबिधि मात्र होइन महिला फोरम बनाउने, संघको गतिबिधिमा सहभागित हुने कुरामा पनि उनीहरुले अन्य क्षेत्रलाइ उछिनेका छन्।

एसिया पेसिफिक क्षेत्रकी महिला संयोजक जुनु गुरुङले “हरेक एनसीसी भएका देशमा एउटा एउटा महिला फोरम गठन गर्ने र महिलाहरुको लागि काम गर्ने योजना रहेको बताइन। पहिलो चरणमाको कार्यक्रम अन्तरगत  महिला फोरम गठन गर्ने हो । अर्को कुरा हामीले गत बर्ष हङकङमा प्रथम क्षेत्रीय महिला भेला पनि सम्पन्न गरेका छौं। त्यो भेलाबाट केहि नीतिगत कुरा बनाएका छौं। अर्थात बेसिक कन्सेप्ट बनाइएको छ अब त्यसलाई कार्यान्वयन गर्दै लैजाने हो “उनले बताइन ।

“अब अर्को महिना अर्थात जुलाई ६ र ७, २०१९ मा म्यान्मारमा क्षेत्रीय बैठक हुँदैछ। सो बैठकसंगै हाम्रो क्षेत्रीय महिला बैठक पनि दोश्रो हुँदैछ। यो बैठकले क्षेत्रका नेपाली महिलाहरुका बिषयमा मुख्यतया तीन कुरामा केन्द्रित गर्नेछ। महिला सहभागिता, महिलाहरुको ब्यबसायिक रुपमा बिकास र नेतृत्वमा महिलाहरुको प्रवेस। हामीले महिला फोरम संख्याको रुपमा भन्दा पनि उनीहरुको ब्यबसायिक बिकास नै मुख्य कुरा हो” गुरुङले भनिन।
नव गठित फोरमको संयोजकमा रन्जिता आचार्य, सदस्यहरुमा  सविता वर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली,डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला, सेरिका सापकोटा कंडेल रहेका छन् । यस्तै सल्लाहकारमा अमृता थापा (कञ्चन) र खुश्बु अग्रवाल छन्।

प्रतिक्रियाहरू