गॉउघर ! आधा सन्चो आधा बिसन्चो

1332

३ बर्ष पछि कोरियाबाट छुट्टिमा नेपाल गएर आएको भाईलाई मैले सोधे देसको हालखवर के कस्तो छ तनि?दुधको दुध पानिको पानी यथार्थ बताउ? भनेपछि उनले यो रामकहानी सुनाए।

ए मेरा दाई!आधा सन्चो आधा बिसन्चो छ।सुखि नेपाली संव्बृद्ध नेपालको मिठो नारा घन्किएको छ।एयरपोर्ट पुछन थालेछन।चर्पि सफा नै देखियो।आवतजावतमा खासै कठिनाई भएन।बाटाघाटा चाक्लो बनाउन थालेका रहेछन।मुग्लिनमा अर्को नँया पुल बन्दै रहेछ।पोखरा एयररपोर्ट बने झैँ सवै बिकास आयोजनामा काम हुनि हो भने देसको बिकास चॉडै हुनिथियो।तँपाई जॉदा डाईरेक्ट पोखरा उत्रनुहुन्छकि?पहिला जस्तो बत्ति जॉदो रहिन्छ।गॉउमा नि एकधारा एक घर आउने तर्खर रहेछ।

पहिला भन्दा तरकारी खेति बढि छ।जंगल बढेको छ।उहिले दाउरा काटन वडा सभामा खैलावैला गर्थे गॉउलेहरु अईले त यो बर्ष दाउरा काटम कि नकाटम भन्दा नकाटम भनेर ताली बजाए।सवैले ग्यॉस प्रयोग गर्दा रहेछन।खरका घर टिनका बनेका छैनन सोझै ढलान बनेका छन।भुकम्पले सातोपुत्लो उडाएपछि ८वटा रडले पिल्लर हात्तिपाईले बनाएर घरको जग हाल्ने चलन बसेछ।फर्निचर,मेटल वर्कसप,साना घरेलु उद्योग र कुखुरा फार्महरु खुलेछन।तुलनात्मकरुपमा शहर भन्दा गॉउ सफा सभ्य भएको पॉए।जनप्रतिनिधि निर्वाचित भएपछि बिकासमा केहि चहलपहल देखियो।गॉउका युवाहरु धेरै बैदेसिक रोजगारीमा गएर राम्रै गरेका,निजामति ,सेना पुलिस,बन्दव्यापारमा लाग्नी धेरै छन।लामो समय अस्थायि भएर आन्दोलन मार्फत स्थायि भएका शिक्षकहरुको खुसि जताततै मडारिएको देख्न सकिन्छ।प्राविधिक शिक्षामा आकर्षण बढेछ एउटै गॉउमा १०/१५जना डाक्टर ईन्जिनियर भैसकेछन।सबैको हात हातमा मोबाईल छ।

पहिले जस्तो चियापसलमा भिड देखिएन।गॉउका कुना काप्चातिर पनि मोटरसाईकल जिप जॉदारहेछन।बरु राजमार्ग मुन्तिरका घरमा जॉदा छामछुम गरेर जानुपर्ने अवस्था छ।मर्दा पर्दा भने गॉउले धर्म यथावत कायम छ।गॉउबाट बेच्नि कुरो केहि छैन।सप्पै किनेरै खानि बानि परेछ।घरघरमा समान बेच्नि कराएको सुनेर वाक्कै हुनिरहेछ।किराना पसलले समेत घरघरमै समान डेलिभरी गर्दा रहेछन।लवाई खुवाईमा सुधार त छ तर जंकफुड सेवनको मात्रा बढि छ।खुसिको कुरो आमा समुहको सक्रियतामा जॉडरक्सि जुवातास र गॉजा सेवनको नियन्त्रणमा उल्लेख्य सुधार आएको छ।घर जग्गाको भाउ आकाशिएको छ।तँपाई ५बर्ष कोरिया बसेर पनि शहरमा त के गॉउमा पनि एक टुक्रा जमिन किन्न मुश्किल छ।जतिसुकै गाली सहेर पनि गॉउका समाजसेवीहरुले काम सकेको गरेकै छन।शहर पसेका दाजुभाईले नि गॉउको चटक्कै माया मारेका छैनन।अपजसको भारी बोकेरपनि गॉउसमाजको भलो गर्ने समाजसेविहरुलाई मैले माने दाई।
ए दाई!गाॅउमा त बस्न खानै छैन।तॅपाई गाॅउमा केहि गर्नै सक्नु हुन्न।
जिज्ञासु हुदै मैले सोधे किन?
ठ्याक्कै एउटै उत्तर त छैन दाई !सुस्केरा हाल्दै उसले भन्यो।गरि खानको लागि पानि नै छैन।खानिपानिको हाहाकार छ।बाॅदरको बिगबिगी छ ।मकैको शुलि देख्न मुश्किल छ।अशिना खडेरीको प्राकृतिक प्रकोप भन्दा चोर फटाहा झेलीहरुको प्रकोप थामि नसक्नु छ।बनमारा निलो गन्धेले सारा जमिन ढाकेको छ।महड़गिले आकाश छोएको छ।काम नगर्ने सुकिला मुकिला बसि बसि खाने समाजमा तडकभडक गर्नु संपन्नताको प्रतिक कहलिन्छ।लिड़ग जाति बर्ण भेद झन बढदो छ।नचाॅईदा ठ्याॅउसा ढस्साले सारा समाजलाई गर्ल्याम अंगालो हालेको छ।अन्धभक्ति अन्धविश्वास हटला भन्दा झन थप्ने दुस्साहस भएको छ।भ्रष्टाचारको त के कुरा जाने बुझेकै दाजुभाई रसिद काट्नै पर्दैन भन्छन ।समिति किन चाहियो भन्छन ।हामि नै सर्वेसर्वा हौ भन्छन।केहि सुझाव दिनु होलानी फेरी।तॅपाई ऑखाको कसिड़गर ठहरिन बेर छैन।गाॅउमा सिंहदरबार आएको ध्वाॅस दिए।भोट दियौ दिएको पनि २ बर्ष हुन लायो।डोजर लाउनि बाहेक केहि राम्रो काम गरेको तॅपाईका कानऑ परेको छैन होला।घरमुलि छैनन भनेसि एस्तो हेप्ता रचन कि ?अर्काको घर अगाडि बाटो खन्दा निस्केका ढुङ्गामाटो लएर आफ्नो ऑगन पुर्दा रछन।आफ्नो घर जानि बाटो छामछुम गरेर जानुपर्ने स्थिति भको मानिस अर्काको घर अगाडि ७मिटर बाटो रचभने पनि सॉघुरो भयो १०मिटर हुनुपर्र्छ भन्छ।एस्तो पुर्वाग्रहि प्रवृतिले समाजलाई थिलोथिलो बनाएको छ। स्थानिय जनप्रतिनिधिको ठुलो आश त छ तर नाताबाद कृपाबादको सिरक ओढेर पनपक्ष गर्छन कि भन्ने आशंका उस्तैछ दाई।
भाईको नाम ठेगाना के होला?मैले बिनम्रतापुर्वक प्रश्न गरे।
ए मेरा दाई!तितो सत्य यहि हो।वास्तविक कुरा पच्न गाह्रो हुन्छ।कतिलाई बिजाउला।कोरिया गएर खुव एत्रो गॉउको पोल खोलेको भनेर रिसईबि सॉध्लान।म पुर्वको तँपाई पश्चिमको गॉउको कुरो गर्नुस नॉउको कुरा नगर्नुस।नेपलभरीका गॉउको कुरो हो भनेर बुझ्नुस।गॉउघर आधा सन्चो आधा बिसन्चो अवस्थामा छन भनेर लेखिदिनुस।

भाईको कुरा सुनेर मेरा सारा सपनाहरु मधुरा भए।टाउको गरुड़गो भयो।मलाई त बिश्वाशै लागेको छैन।म चाहान्छु मेरो गाॅउ सिष्टमले चलोस।मनखुसिले हैन ।माईन्युटले चलोस।लौन हाम्रो गाॅउ जता हेर्यो तेतै झाडि हैन ।काॅडेतार पर्खाल होईन ।विविध जाती,धर्म ,संस्कृतिले भरिपुर्ण हाम्रा गॉउघरमा सामाजिक सद्भाव कायम रहोस।सबै घरघरबाट मोटर चढन सकिने बाटो र साझा फुलबारी बनोस।नेपालका गाउमा भएका सार्वजनिक स्थान पार्क बनाउ जाहाॅ हामि एकअर्कामा प्रेमको सुगन्ध छर्न सकौ।सबैलाई मेरो बिन्ती छ नमस्कार छ। हरिराम भन्डारी,पोखरा,हाल दक्षिणकोरिया

प्रतिक्रियाहरू