चट्याङ् लागि घाइते भएका पाँचथरका मन कुमार तामाङलाई कोरियावाट आर्थिक सहयोग हस्तान्तरण

53

पाँचथर फाल्गुनन्द- ३ जित वहादुर तामाङका छोरा भगेन्द्र तामाङको छोरा चट्याङको कारण मृत्यु भएको र सोही घटनामा परि अर्को छोरा मन कुमार तामाङ घाइते भएकोले उँहालाई झापा विर्तामोड स्थित मन मोहन मेडिकल कलेजमा उपचार गराइरहेकोले कोरियावाट नेपाली रकम रु. ४३,७००/- (त्रिचालीस हजार सात सय रुपैँया) सहयोग रकम हस्तान्तरण गरिएको छ।

घाइतेको पारिवारीक अवश्था अत्यन्तै नाजुक भएकोले सोही गाँउ पालिकाका प्रवास कोरियामा रहुनु भएका युवाहरुले “पौवा सारताप सरोकार मञ्च” द्वारा सोही रकम सङ्कलन गरेका हुन्। सङ्कलित रकम सोही गाँउ पालिकाका वडा सदस्य पदम ध्वज तामाङ लगायत विभिन्न सामाजिक ब्यक्तिहरुद्वारा हस्तान्तरण गरिएको हो।

-- Ad --


त्यस्तै, पौवा सारताप सरोकार मञ्चका कोषाध्यक्ष भत्त बल तामाङले परिवार आर्थिक रुपले कमजोर रहेकाले आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्ने जानकारी दिनुभयो।