चाउचाउ धेरै खान्छन कोरियनहरु

0
220

कोरियनहरुले विश्वमै सबैभन्दा धेरै चाउचाउ उपभोग गर्ने गरेको एक प्रतिवेदनले जनाएको छ । सन् २०१४ मा कोरियनहरुले विश्वमै धेरै प्रतिव्यक्ति चाउचाउ उपभोग गरेको ब्लुमबर्ग इन्टेलिजेन्स र युरोमोनिटरले आइतबार जनाएका छन् । कोरियनहरुले गत वर्ष औषत ९.७३ किलोग्राम प्रतिव्यक्ति चाउचाउ खाएका थिए । यो सन् २०१३ को भन्दा ०.८ केजी बढी हो । कोरियापछि दोस्रोमा जापान छ । जापानीहरुले औषतमा प्रतिव्यक्ति ९.६३ केजी चाउचाउ खाएका थिए । त्यसैगरी गत वर्ष इन्डोनेसियामा ५.८ केजी, चिनमा ५ केजी र भियतनाममा ४.७ केजी चाउचाउ उभोग भएको प्रतिवेदनमा भनिएको छ ।

चाउचाउ धेरै उपभोग हुने १० देशहरुमा सबै एसियाली मुलुकहरु रहेका छन् । जसले बजारको निरन्तर विस्तार भइरहेको सुचित गरेको बताइएको छ । तथ्याङ्कमा ‘पास्ता’ लाई समावेश गरिएको छैन । जसको छुट्टै सर्भेक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here