चितवन सम्पर्क समितिको १५ औ अधिवेशन मार्च २४ मा, कोरियामा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधीहरुलाई उपस्थित भइदिन आग्रह

275

दक्षिण कोरियामा चितवन जिल्लाबासीहरुको साझा संस्था चितवन सम्पर्क समितिले १५ औं अधिवेशन यहि मार्च २४ तारिक आइतवार गर्ने भएको छ । दोगंदेमुन स्थित नेपाल हाउसमा दिउसो १ बजे देखि हुने अधिवेशनले चितवन सम्पर्क समितिको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशन कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रतिनिधीहरु र कोरियमा चितवन जिल्लाबासी सवै दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भइदिन अध्यक्ष भोला पौडेलले आग्रह गर्नु भएको छ ।

सामाजिक संस्थामा अग्रसर समितिले चितवन र धादिगंमा २५ जना असहाय बालबालिकालाई निशुल्क पढाइरहेको छ । त्यस्तै समितिले चितवन पूर्नमिलन समाज गठन गरि बुगंर फार्म सञ्चालन गरिरहेको छ । समितिले कोरिया तथा विरामी नेपालीहरुको उपचारर्थ पनि सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरू