Home प्रमुख समाचार चितवन सम्पर्क समिति कोरियाले ३२ बिधार्थिलाइ छात्रवृत्ति बाड्यो

चितवन सम्पर्क समिति कोरियाले ३२ बिधार्थिलाइ छात्रवृत्ति बाड्यो

0
चितवन सम्पर्क समिति कोरियाले ३२ बिधार्थिलाइ छात्रवृत्ति बाड्यो

चितवन सम्पर्क समिति द कोरियाले अध्यापनमा सघाउदै आएको चितवनका बिपन्न परिवारका बिधार्थिलाई यस बर्ष पनि छात्रबृत्ति बितरण गरेको छ्।
चितवन का बिभिन्न १६ बिधालयमा अध्ययनरत ३२ बिधार्थिलाई SCE सम्म पढाउने जिम्मा लिएर सो सहयोग हस्तान्तरण गरेको हो । कोरिया समितिका प्रतिनिधि ,नेपाल च्याप्टरका प्रतिनिधि , चितवन युवा समुह अन्तराष्ट्रीय समन्न्वय समितिका प्रतिनिधि हरु सबै बिधालयमा पुगी बिधार्थि , शिक्षक , अबिभावक को रोहबरमा प्रदान गरिएको हो।
जनहि ५ हजारका दरले गरिएको छात्रबृति रकम बिधालयले ब्यबस्थापन गरिदिने र सो रकम बाट बिधार्थिलाइ आवस्यक ड्रेस, जुत्त, झोला, स्कुल फिस , कपि कलम लगाएतका सम्पुर्ण सामान दिइ बिधालयले हिसाबकिताब समितिलाई बुझाउने सहमति गरिएको नेपाल च्याप्टरका अभियान्ता टंक पौडेलले बताउनु भयो। यस्तै चितवन युवा समुह अन्तराष्ट्रीय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारी ले कोरियाले गरेको यो कार्य निकै फलदायी र अरुले पनि अनुसरण गर्नु पर्ने कार्य भन्दै कोरियामा रहेका चितवनबासिको प्रशंशा गर्नु भएको थियो । तेस्तै चितवन कोरिया पुनर्मिलन समाजका अध्यक्ष डम्बर रानाले यि बालबालिकाले पढाइलेखाइ लगाएत अतिरिक्त कार्यमा आफुलाई अब्बल बनाउदै गए थप बिधार्थिलाइ अर्को बर्ष पनि समेटेर छात्रबृति दिने बताउनु भयो। यो कार्यको प्रशंसा गर्दै माडी मा बि का सहायक प्रधानाध्यापक चोकलाल काफ्लेले  कोरियाको यो महान अभियानमा बिधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्न पछि नपर्ने र यि बालबालिकाको अतिरिक्त कक्षा संचालनमा लिइने रकम छुट गरिने बताउनु भयो।
कामको सिलसिलामा कोरिया पुगेका चितवन बासीले थोपा थोपा गरेर अक्षयकोषमा जम्मा पारेको १३ लाख रुपयाको ब्याज र नपुग रकम समितिले ब्योहोर्दै आएको अझ थप रकम जम्मा पार्न समिति लागीरहेको नेपाल च्याप्टरका संयोजक राजन श्रेष्ठले बताउनु भयो । यो कार्यक्रमको ब्यबस्थापन समितिका पुर्व अध्यक्ष इन्द्र न्यौपने र सल्लाहकार दिपक बास्तोलाले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here