किराँत याक्थुङ चुम्लुङ कोरियाले मे ५ मा १९औं बार्षिक उत्सव मनाउदै

488

किराँत याक्थुङ चुम्लुङ द कोरियाले १९ औ वार्षिक उत्सव मे ५ तारिखका दिन सउलको एम टि यु हलमा भव्यरूपमा मनाउने भएको छ । सधाझै यो वर्ष पनि वार्षिक उत्सव मनाउन लागिएको हो । किरात याक्थुङ चुम्लुङ सन् २००० मा स्थापना भइ हाल १९ वर्ष पुरा गरेको अवसर परि वार्षिक उत्सव मनाउन लागिएको हो
। “हामि हाम्रो पहिचान र अस्तित्वको लागी एक हौ ” भन्ने मुल नारा बोकोको चुम्लुङले प्रवासमा रहेर पनि आफ्नो सँस्कृति लाइ जोगाउनका निम्ति वार्षिक उत्सव मनाउन लागिएको छ “किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदिप आङदेम्बेले बताए  ।
कार्यक्रममा लिम्बू जातिको धान नाच,च्याब्रूङ नाच,हाक्पारे,पालाम,ख्यालि,लिम्बु भेसभुषाको प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित सम्पुर्ण लाइ निशुल्क लिम्बू मौलिक परिकारहरूको ब्यावस्था गरिको आयोजकले जनाएको छ । कोरियाका स्थानिय कलाकार हरू दिवस पयाङगु,अप्सन लिम्बू,सुदिप सेर्मा र युगल किशोर सेर्माले पनि भरपुर मनोरन्जन दिलाउने छन । कोरिया मा रहेको सम्पुर्ण संघ सस्था,बुद्दिजिवि,व्यावसायि हरू लाइ पत्र पठाइ सकेको र यदि पत्र प्राप्त नभएको खण्डमा यसै सुचना लाइ आधार मानि उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङले अनुरोध गरेको छ

प्रतिक्रियाहरू