
यो सिजनकै पहिलो भलिबल खेलको उपाधी बाग्लुंग समाजले जितेको छ। कोरियामा भलिबल खेलबाट नै आफ्नो विशेष पहिचान बनाएको बाग्लुङ समाजले करिब २ बर्ष उपाधी बिहिन रहेर पनि निरन्तर प्रयास र धैर्यता सगै उत्कृष्ट लयमा फर्किदै यो सिजन कै पहिलो उपाधी जितेको हो।
बाग्लुंग समाजका अध्यक्ष राम प्रसाद शर्माले सबै खेलाडी शुभचिन्तहरूलाई बधाई दिंदै सबै प्रति आभार व्यक्त गरेका छन्। बाग्लुंग समाजको भलिवल टिमलाई स्टारेमिटले जर्सी स्पोन्सर गरेको थियो।