छनानमा वैदेशिक महोत्सव हुदै, नृत्य, गायन प्रतियोगिताका साथै इपिएस सम्वन्धी जानकारी

439
बिभिन्न समय समयमा कोरियामा कार्यरत विदेशी मजदुरहरुलाई लक्षित गरी बिभिन्न कार्यक्रम तथा तालिम सन्चालन गर्दै आईरहेको छनान बैदेशिक सहायता केन्द्रले यहि आउदो मे २६ तारिख आईतबारका दिन “नवौँ छनान वैदेशिक महोत्सब” को आयोजना गर्ने भएको छ ।

कोरियामा कार्यरत बिभिन्न देशको आ-आफ्नो मौलिक कला,सँस्कृती,पोशाक तथा खानाका परिकारहरु एक देशले अर्को देशलाई चिनाउने उद्देश्यका साथ आयोजना गर्न लागीएको वैदेशिक महोत्सबमा उपस्थितिको लागी छनान वैदेशिक सहयोग केन्द्रले आह्वान गरेको छ।

कार्यक्रमका मुख्य आकर्षणहरु:

१.नेपाल, चीन, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, श्रीलंका, थाईल्याण्ड, उज्बेकिस्तान लगाएतका अन्य एसियाका राष्ट्रहरुको आ-आफ्नो मौलिक कला, संस्कृति, झाँकि ,पोशाक र नृत्य कला प्रदर्शन ।
२.विभिन्न देशका विभिन्न खानाको प्रकारहरुको ब्यबस्था रहने।
३.इपियस मार्फत कोरियामा कार्यरत रहनुहुनेको साम्संग थेजिकुम चेक गर्न र अन्य रोजगारी सम्बन्धि परामर्श लिन सकिने।
४.कोरियन गायन प्रतियोगिता ।
५.अन्य बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम रहने।
६.अन्य बिशेष सम्मान समारोह।
७.नेपाल भ्रमण बर्ष २०२० बारेमा प्रचारप्रसार गरिने।
८.कार्यक्रम उपस्थितहरुको लागि नि:शुल्क भाग्यशाली चिट्ठा कार्यक्रम पनि रहने छ।

पुरस्कारहरु :

४९ इन्च एलसीडी टि भी १ जनालाई, नोटबुक ,ट्याब्लेट पीसी, स्मार्टफोन ५ जनालाई, भ्याकुम क्लिनर मेशिन, इलेक्ट्रिक राइस कुकर २जनालाई, अन्य थुप्रै आकर्षक सान्वना पुरस्कारहरुको ब्यबस्था ।

कार्यक्रम सम्बन्धी बृस्तित बिबरण:

मिति: मे २६ तारिक (आइतबार)
समय: १०:००बजे
स्थान: 천안도솔공원(충남천안시동남구신부동139-2)
천안역(동부), 천안터미널 बाट सटल बसको व्यबस्था, स्वयंसेवकहरू पनि रहनेछन।

साथै महोत्सवमा चुङ्गनाम कल सेन्टर, छनान बहुसस्कृति केन्द्र, छनान वैदेशिक कामदार सेल्टर, HRD, स्वास्थ्य जाँच केन्द्र, 근로복지공단 आदि संस्थाको बुथ पनि रहने कुरा उल्लेख गरिएको छ।

प्रतिक्रियाहरू