छनान आसान नेपाली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तिलक निर्वाचित

696

छनान आसान क्षेत्रमा कार्यरत नेपालीहरुलाई सहयोग पुर्याउने उद्देश्यले खोलिएको संस्था छनान आसान नेपाली समाजको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

आफ्नो मतृभुमि नेपालबाट बिभिन्न परिबेशले पर्देशिएर गणतन्त्र कोरियाको छुङ्छङ नाम्दो अन्तरगत पर्ने छनान आसान वरिपरि कार्यरत नेपाली हरु बिच भातृत्व , सहयोग , सदभाव तथा सहकार्य गर्दै खोलिएको यस संस्थाले छनान आसान नेपाली समाज बिशुद्द सहयोगि र सामाजिक साझा स्ँस्थाको रुपमा काम गर्दै आइरहेको छ । छनान आसान नेपाली समाजले तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।

आसान माइग्रेन्ट सेन्टरका डाइरेक्टर ओसाम उलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको बिशेस अतिथि समाज सेवि दिदि गिता राइ , धनकुटा सेवा समाज कोरिया का अध्यक्ष पर्देश राई, काभ्रे सम्पर्क समितिका उपाध्यक्ष चन्द्र तामाङ , लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो  । कार्यक्रम समाजका निवर्तमान सचिव तिलक बुढा मगरले सनचालन गर्नुभएको थियो भने समाजका उपाध्यक्ष रतन लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम समाजका अध्यक्ष सन्जिब घलेको सभापतित्वमा सम्पन्न भएको थियो । अधिवेशन बाट ११ सदस्सिय कार्यसमिति सर्बसम्मत चयन गरिएको छ ।

अध्यक्ष : तिलक बुढा मगर
उपाध्यक्ष : सर्मिला ह्योल्मो
उपाध्यक्ष : दिपेन्द्र गुरुङ
सचिव : यम रिजाल
कोषाध्यक्ष : रचना श्रेष्ठ
सदस्य : राजु सुबेदि
सदस्य : श्री पाण्डे
सदस्य : निर्मला साहि
सदस्य : प्रीन्स भुजेल
सदस्य : शिब अधिकारी
सदस्य : यम गुरुङ

कार्यक्रममा प्रमुख अतिथि उलले कामदारको थेजिकम सम्वन्धी विशेष प्रस्तुती प्रस्तुत गर्नु भएको थियो भने अन्य अतिथिहरुले संस्थाको गतिविधी र कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा माइग्रेन्ट सेन्टरले विशेष खाजाको ब्यवस्था गरेको थियो ।

 

प्रतिक्रियाहरू