छललानाम्दो ख्वाङ्जुमा इपिएस कामदारले परिवार कोरिया ल्याउन पाउने नियमको विषयमा जानकारी मुलक कार्यक्रमको आयोजना हुदै

2019

इपिएस कामदारले आफ्नो परिवार लाई केही समयको लागि कोरिया बोलाउन पाउने भन्ने पछिल्लो चर्चा सगै यस बिषय लाई नेपाली राजदुतावास कोरियाले अझ प्रष्ट पार्ने जनाएको छ ।नेपाली कामदारहरु बिच बिशेष चासो रहेको यो बिषय सगै अन्य बिबिध शिर्षकमा केन्द्रित रहेर छल्लानाम्दो ख्वाङ्जुमा आगामी आइतबार अर्थात् मार्च ३ तारिकका दिन बृहत कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

नेपाली सामुदायिक समिति ख्वागंजुको आयोजनामा हुने उक्त कार्यक्रममा इपिएस सम्बन्धी पछिल्ला नीति नियमको बारेमा जानकारी दिदै मजदुरहरुका आम समस्याका बारेमा अन्तर्कृया गरिने आयोजकले जनाइएको छ ।

कार्यक्रममा नेपाली राजदुतावासका श्रम कन्सुलरले पछिल्लो समय आउन लागेको इपिएस नीति नियम र कामदारहरुको आइपर्ने समस्या कहाँ के कसरी सामाधान तथा ब्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी दिनुहुने जनाइएको छ । त्यस्तै कार्यक्रममा पिएचडी अध्ययनरत सन्तोष खड्काले तयार पार्नुभएको सफलता शुत्र आत्माविश्वास सम्बन्धि १५ मिनेटको प्रस्तुती पनि समाबेश गरिने आयोजकले जनाएको छ ।

नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था लागि आन्तरिक सहमती गरिसकेको र कोरिया सरकारले छिट्टै औपचारिक घोषणा गर्दैछ । कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई कोरिया ल्याउन पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सउल स्थित नेपाली राजदुतावासको रहेको छ ।यसका लागि नेपाल सरकार र एचआरडी कोरिया बिच पटक पटक बार्ता भैसकेको छ ।

कोरियामा लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार कोरिया आउन पाए परिवारलाई कोरियामा काम सम्वन्धी जानकारी हुने र कोरियाको अवस्थामा थाहा हुने हुदा आत्महत्या लगायत डिप्रेशन समस्यमा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।

छलानाम्दो ख्वाङ्जु आसपासमा रहेका नेपाली दाजुभाइ दिदी बहिनी हरुलाइ आफ्ना केही समस्या भए आधिकारिक ब्यक्तित्व सग अन्तर्कृया गर्न पाउने यो अबसरलाइ नगुमाउन नेपाली सामुदायिक समितिका संरक्षक सन्तोष पराजुली ले आग्रह गर्नु भएको छ ।साथै उक्त दिन ठिक १२ बजे हानाम १ नम्बर स्थित बिगतका दिनहरुमा कार्यक्रम गरिएको रेक्जिवन सेन्टरको हलमा कार्यक्रम हुने आयोजक ले जनाएको छ ।स्थान सम्बन्धी कुनै जानकारी चाहिएमा सोनम शेर्पा , अरुण क्षेत्री, सन्तोष पराजुली ,राजु श्रीसँग सम्पर्क गर्न सकिने छ

प्रतिक्रियाहरू