कोरियाको छल्लानाम्दो ख्वाङ्जुमा दशै बिशेष कार्यक्रम हुने

252

छल्लानाम्दो ख्वाङ्जुमा यहि १३ तारिक आइतबारका दिन दशै विशेष कार्यक्रम हुने भएको छ ।नेपाली हरुका हरेक मौलिक चाडहरुलाइ प्रथामिकताका साथ मनाउदै आइरहेका ख्वाङ्जुका नेपालीहरुले सदा झै यो पटक पनि दशै कार्यक्रम उल्लासमय का साथ मनाउने तयारी गरेका छन् ।

मुख्य रुपमा ख्वाङ्जुमा रहेको साझा सस्था ‘नेपाल सामुदायिक समिती ख्वाङ्जु ‘ को आयोजना मा हुने दशै कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल बनाउन अन्य संघ सस्थाको पनि उत्तिकै साथ र सहयोग रहेको अध्यक्ष अरुण क्षेत्रीले बताए ।

बिशुद्द समाजिक भावना बोकेर स्थापना भएको ‘नेपाल सामुदायिक समिती ख्वाङ्जु’ ले आपत बिपतमा परेका नेपाली हरुलाइ आश्रय को निमित्त सहज होस भनेर बिगत ८ बर्ष देखि आफ्नै आबासिय भबन ( सेल्टर ) समेत संचालन गर्दै आइरहेको छ ।

त्यसैले ख्वाङ्जु लगायत आसपासमा रहनुभएका सम्पुर्ण नेपालीहरु लाइ दशै कार्यक्रम मा उपस्थित भएर एक आपसमा शुभकामना आदनप्रदान गर्दै मनोरञ्जन लिएर सामाजिक कार्यमा सहभागी हुन समुदायिक समितिले आग्रह गरेको छ ।

प्रतिक्रियाहरू