छल्लानाम्दो ख्वाङ्जुमा यही शनिबार दशै धमाका डान्स पार्टी हुने

1924

छल्लानाम्दो ख्वाङ्जुमा आगामि १० औं महिनाको ६ तारिक शनिबार का दिन ‘दशै धमाका डान्स पार्टी’ हुने भएको छ । नेपालि हरुको ठुलो चाड दशैको अबसर पारेर सबैलाइ मनोरन्जन दिलाउन डान्स पार्टी को
आयोजना गरेको आयोजक टिमले बताएको छ ।

पिस एण्ड ब्राइट युथ ग्रुप को सकृयता र आयोजनामा हुन गैरहेको उक्त डान्स पार्टी लाई चर्चित डिजे ‘के-नोन’ ले आफ्नो म्युजिकल प्रस्तुत दिने बताइएको छ ।शनिबार बेलुका १० बजे देखि बिहान ४ बजे सम्म ननस्टप म्युजिकमा रमाउन सकिने समेत आयोजक ले बताएको छ ।

दशै धमाका डान्स पार्टी लाई भब्य रुपमा सफल पार्न आयोजकका तर्फबाट कुनै कसुर बाकी नराखेको आयोजक टिम प्रमुख रिन्जी शेर्पाले बताएका छन् ।यो ग्रुपले बिगतका बर्ष हरुमा पनि नियमित डान्स पार्टी आयोजना गरेर नेपाली दाजु भाइ दिदी बहिनी हरुलाइ भरपुर मनोरञ्जन दिलाउदै आएको शेर्पा ले बताए।

यस पटक बिगतको भन्दा अझ पृथक तरिकाले नेपाली हरुको चाडलाइ मनाउने गरि कार्यक्रमको तालिका तयारी गरिएको सकु थापाले बताइन् ।रमाइलो साथै केहि सस्थाका प्रमुख अरुलाइ पनि सम्मान गरिने  बताइन ।

कार्यक्रम बाट आएको मुनाफा लाई बिगतका कार्यक्रम हरुमा जस्तै सामाजिक कार्यमा खर्च गरिने आयोजक ले बताएका छन् ।बिगत मा यो ग्रुप ले आयोजना गरेको डान्स पार्टी को मुनाफा लाई खेल क्षेत्रको बिकाश गर्न ख्वाङ्जुमै रहेको भलिबल र फुटबल टिम लाइ रकम हस्तान्तरण गरेको थियो ।भने केही बिरामी हरुलाइ समेत दिएको रिन्जी शेर्पा ले बताए ।

यसपटक को दशै धमाका डिजे ‘के-नोन’ को म्युजिकको तालमा मनाउन यहि ६ तारिक शनिबार ख्वाङ्जु लगायत आसपासका दाजु भाइ दिदी बहिनी हरुलाइ  ‘५७ पार्टी टाउन सिने’मा उपस्थित हुन टिम प्रमुख रिन्जी शेर्पाले अनुरोध गरेका छन् ।दशै मनाउदै सामाजिक कार्यमा सहभागी हुने यो अबसर लाई नछुटाउन आयोजकले हार्दिक अपिल गरेको छ ।

साथै केहि कन्फ्युज भएमा आयोजक टिम प्रमुख रिन्जी शेर्पा सहित सकु थापा ,मिलन ज्ञवाली, सोनि तामाङ, अनिता भण्डारी,बिनोद परियार ,हरि शर्मा लामिछाने,निराजन थापा लाई सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रियाहरू