कोरियामा छुट्टा छुट्टै घटनामा एकैदिन २ नेपालीको मृत्यु

3233

दक्षिण कोरियामा   रोजगारीको लागि आएका दुइ जना नेपाली युवाको आइतबार छुट्टा छुट्टै घटनामा ज्यान गएको छ l
कोरियाको छल्लाबुक्दो स्थित एक बंगुर फार्ममा कार्यरत  पाँचथरका बिबेक राइले झुन्डिएर आत्महत्या गरेका हुन् l संगै कार्यरत साथीसंग शनिवार साँझ खाना खाएर सुतेका राइ अर्को दीन आफु कार्यरत फर्म भित्रै भर्याङ्गमा डोरीको पासो लगाई झुण्डीएको अबस्थामा मृत फेला परेका थिए l
राइ लाइ  बिहान कम्पनीमा नभेटिपछी  संगै कार्यरत साथिले खोज्ने क्रममा उनि मृत भेटिएको बताइएको छ l
करिब २ बर्ष ६ महिना पहिला कोरिया आएका राइ अबिबाहित हुन्  l उनले आफु बेला बेलामा मानसिक तनाबमा रहेको  पनि बताउदै आएको उनका साथीले बताए l
उनले मृत्युको घटना वारे दुतावासमा जानकारी आएको भएता पनि  के कति कारणले आत्महत्या गरे सो वारेमा प्रहरीले थप अनुशन्धान गरिरहेको कोरिया स्थित नेपाली दुतावासले जनाएको छ l

औधोगिक दुर्घटनामा एक नेपालीले ज्यान गुमाए
त्यसैगरी आइतबार नै अर्का एक नेपाली युवाको कम्पनीमा  कामगर्ने शिलशिलामा दुर्घटनामा परि मृत्यु भएको छ l रोजगारीको लागि कोरिया आएका तनहुका नर बहादुर रानाको  कम्पनीमा ग्रहौ समान उचाल्न  प्रयोग हुने छिकेछा मर्मत गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको संगै कार्यरत नेपालीले बताए l
संगै कार्यरत साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना  छिकेछामा हाइड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ुत्किएपछि माथि उचालिएको ग्रहौ समान सहित उनी किचिएका थिए l धेरै बेर सम्म पनि साथीहरुले  नदेखेपछि खोज्दा उनलाई फलामको गह्रौ बक्सले च्यापिरहेको अबस्थामा फेला पारेका थिए l
उनको  घटनास्थलमै ज्यान गएको बताइएको छ l  हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् l अबिबाहित मृतक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए l
दुवै घटना घटनावारे सियोल स्थित नेपाली दुतावासमा जानकारी आएको बताउदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले मृतकको शव नेपाल पठाउन आबस्यक कानुनि प्रक्रिया अगाडी बढाईएको जानकारी गराउनु भयो l

प्रतिक्रियाहरू