धनकुटा सेवा समाजले आगामी छुसकको पहिलो दिन सेप्टेम्वर १२ तारिक भब्य सांस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ । सेल्टर र धनकुटा जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले धनकुटा सेवा समाजले कोरियामा पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा ज्योती थापा मगर, अन्जु पन्त, पुस्पन प्रधान, निमा रुम्वा लगायत अन्य कलाकार कोरिया आउने भएका छन् । कार्यक्रम हुने स्थान दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा कार्यक्रमको भब्य तयारी गरिएको छ । अव छिटै पोष्टर, भिडियो प्रोमो तयार गरि प्रचार प्रसारलाई ब्यापक गराइने आयोजक संस्था धनकुटा सेवा समाजले जनाएको छ ।
कार्यक्रमलाई भब्य बनाउन र सहयोग गरिदिन कोरियामा रहेका सम्पुर्ण संघ संस्था र नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ ।