छुसक सांगीतिक महा-धमाकाको अन्तिम पोस्टर सार्बजनिक , रमेश प्रसाईं सहित नेपालका ख्यातिप्राप्त कलाकार कोरिया आउदै

1188

कोरियामा आपतकालीन राहतकोष स्थापनार्थ आउदो सेक्टेम्बर १३ तारिख आयोजना हुदै गरेको छुसक सांगीतिक महाधमाकाको अन्तिम पोस्टर सार्बजनिक गरिएको छ l बिभिन्न सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको उक्त कार्यक्रम वारे थप जानाकारी केहि दीनमा पत्रकार सम्मेलन गरि दिईने आयोजक नेपालीका लागि नेपाली  संस्थाले जनाएको छ l
कार्यक्रममा पछिल्लो समय निकै लोकप्रिय मानिएका   पब्लिक स्पिकर बिजेता तथा प्रस्ट बक्ता रमेश प्रसाईलाइ समेत   कोरिया बोलाइएको आयोजकले जनाएको छ l
बिसेष ख्याती प्राप्त कलाकारहरुमा आधुनिक पप गायक सुगम पोख्रेल , लोक दोहोरि गायक पशुपति शर्मा , लोक दोहोरि गायिका मन्जु पौडेल , बुगीवुगी रियालिटी सो कि बिजेता कबिता नेपाली ,उप – बिजेता प्रगति पुन मगर , आधुनिक पप गायिका टिका प्रासाई , नेपाल आइडल सिजन २ का टप फाइब गायक  अमित बराल , हास्य कलाकार सुबोध गौतमलाइ कोरिया ल्याउने  तयारी भएको बताइएको छ l
कार्यक्रमलाइ कोइन शट रेमिट्यान्सले मुख्य प्रायोजन गरेको छ भने , इ नाइन पे रेमिट , जीएमइ रेमिट ,स्टार रेमिट , हानपास रेमिट , , दर्शन नमस्ते रेस्टुरेन्ट , हेप्पिकुक रेस्टुरेन्ट , आगमन रेस्टुरेन्ट, अन्नपूर्ण रेस्टुरेन्ट, थेगु नेपाली सेल्टर , कुमारी भान्छा घर , छाल्लाबुक्दो नेपालि समाज  लगाएतले स- प्रायोजन गरेका छन्  l

पछिल्लो समय कोरियामा अन्त्यन्तै आबस्यकताको रुपामा देखिएको आपतकालीन राहतकोष स्थापनार्थ कोरियाको बिभिन्न क्षेत्र बाट अभियान्ताहरु लागि परेका छन् l कोरियामा रहेका अधिकांस नेपालीलाई समेट्ने गरि  आयोजना गरिएकोले कार्यक्रम ऐतिहासिक हुनेमा अभियान्ताहरु विश्वस्त छन l
त्यस्तै कोरियामा रहेका संघ संस्था ,बुद्दिजीवी, पत्रकार , ब्यावासायीहरुलाई लगाएत सम्पूर्ण नेपालि हरुलाई यस महाभियानमा एकजुट हुन  अभियान्ताहरुले सामाजिक संजाल मार्फत अनुरोध समेत गर्दै आइरहेका छन् l

प्रतिक्रियाहरू