छेजुमा नेपाली विद्यार्थीद्वारा अात्महत्या प्रयास, अवस्था चिन्ताजनक

0
2884

दक्षिण काेरियाकाे छेजुदाे टापुमा नेपालीहरू अाउने क्रम बढेसँगै दिनानुदिन समस्याहरू पनि बढ्न थालेका छन् । गए राति छेजुहाल्ला युनिभर्सिटीमा पढ्ने नेपाली विद्यार्थीद्वारा अात्महत्याकाे प्रयास भएकाे जानकारी प्राप्त भएकाे छ । युनिभर्सिटीकाे हाेस्टलमा बसेर पढ्दै अाएका ती विद्यार्थीकाे हात, छाति, घाँटी लगायत शरिरका विभिन्न भागमा चाेट लागेकाे साेही युनिभर्सिटीमा पढ्ने विद्यार्थी प्रशान्त कार्कीले जानकारी दिएका छन् ।

रातकाे २ बजे हाेस्टल बाहिर उनलार्इ साथीहरूले अचेत अवस्थामा देखेका थिए । उनका साथीहरूले हाेस्टलकाे वार्डेनलार्इ खबर गरी अस्पताल पुर्याएका थिए । कार्कीले दिएकाे जानकारी अनुसार उनी सबैसँग मिलनसार, अाफूभन्दा ठूला साना सबैसँँग तपाइ हजुर भनेरै सम्वाेधन गर्ने बानी व्यवहार गर्ने गर्दथे । केही दिनअघि अाल्बा (पार्ट टाइम) काम गरिरहेकाे ठाउँबाट कामबिहिन भएदेखि उनी तनावमा थिए । छेजुदाेमा बस्ने शुभद्रा पालुङ्गाले दिएकाे जानकारी अनुसार “उनकाे अत्यधिक रक्तश्राव भएकाे कारण अवस्था चिन्ताजनक रहेकाे छ । अस्पताल भएकाे भाइकाेबारे युनिभर्सिटीकाे प्राेफेसरकाे फाेन अाएकाे थियाे । म जान पाएकाे छैन ।” चिन्ताजनक अवस्थामा रहेकाे भाइकाे नाम सार्वजनिक गरिएकाे छैन ।

-- Ad --


छेजुदाेमा नेपाली विद्यार्थीहरू अाउने क्रम तिव्र वृद्दि भएसँगै हालसम्म साे विश्वविद्यालयमा मात्र ३०० भन्दा बढी नेपालीहरू अाइसकेका छन् भने अझै थप विद्यार्थीहरू अाउने क्रम जारी रहेकाे बताइएकाे छ । कन्सल्टेन्सीहरूले नेपाली विद्यार्थीहरूलार्इ काम पाइने, पैसा कमाइने लगायतका प्रलाेभनमा पारेर पठाउने गरेका छन् । यहाँकाे अवस्थाका बारेमा बेलाबेला अाउने समाचार बाहेक अन्य ठाेस पहल केही पनि हुन सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here