जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

811

जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा आस्था विन्दु मल्ल विजयी भएकी छिन् । प्रतिश्पर्धी भजिन्द्र क्षेत्रिलाई ३७ मतले पराजित गर्दै मल्ल विजयी भएकी हुन् । सभापति पदमा निर्वाचित हुने आस्था दोश्रो महिला समेत हुन् । कोरियामा राम्रो व्यावसायि छवि र विद्धान महिलाको रुपमा चिनिने आस्थाले विजयीले यहाँका महिला र उनका समर्थक उत्साहित भएका छन् ।

जम्मा खसेको मत १५८ मा ३ मत बदर भएको थियो भने ९६ मत मल्लले ल्याईन भने उनका प्रत्याशी भजिन्द्र क्षेत्रिले ५९ मत मात्र प्राप्त गरे । त्यसैगरि उपसभापतिमा जितेन्द्र महता, लक्ष्मण दाहल र सुबास योगि निर्वाचित भएका छन ।त्यस्तै महामन्त्रिमा कुमार थापा र गणेश तिमल्सिना, सहमहामन्त्रिमा मित्रबन्धु काफ्ले र रामप्रसाद उप्रेति, कोषाध्यक्षमा केपि चौलागाई निर्वाचित भएका छन ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अनबरत अभियान ,लोकतान्त्रिक मुल्यमा आधारित समृद्ध रास्ट्र निर्माणमा योगदानू भन्ने मुल नाराका साथ सम्पन्न उक्त महाधिवेशनलाई सम्बोधन गर्न नेपालबाट कांग्रेस युवा नेता एवं केन्द्रीय सदस्य गगन थापा ,गोविन्द भट्टराई र महेन्द्र यादब को उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै युवानेता गगन थापाले देश बिकासको निम्ति कुरा गरेर मात्र नभई काम गर्नु पर्ने धारणा राखेका थिए । उनले भने आज यस्तो कोरिया बन्न सफल भएको काम गरेर मात्र सम्भब भएको, हाम्रो देश नेपालले पनि विकासको फटको मार्नको लागि काम गरेर देखाऊनु पर्छ। त्यस्तै अहिलेको सरकारमा रहेका मन्त्री हरुले पनि कुरा मात्रै गरेर हाईलाईटमा आउने प्रयास गरेको उनको आरोप थियो । आफुहरु प्रतिपक्षमा रहि सरकारको राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने पनि थापाले बताए ।

प्रतिक्रियाहरू