जनसम्पर्क समिति दक्षिण कोरियाले जनजागरण अभियान चलाउने

556

यतिबेला नेपाली काँग्रेस जनजागरण अभियानमा ब्यस्त छ ।उसको जनजागरण अभियान नेपालमा मात्रै होइन बिदेश मा पनि हुने भएको छ ।यसको सुरुवात नेपाली काँग्रेस को अन्तर्रा्ष्ट्रिय भातृसंगठन  जनसम्पर्क समिति दक्षिण कोरियाले गर्ने भएको छ। अन्तर्रा्ष्ट्रिय भातृ संगठनहरुमा क्रियाशील गतिविधि गर्दै आएको जनसम्पर्क  समिति काेरियाले नेपालीेहरु समक्ष  उक्त अभियान गर्न लागेको हो ।रोजगारिको सिलसिलामा कोरियामा रहेका नेपाली समक्ष फुर्सदको समय निकालेर विभिन्न शहरहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने थालेको सभापति आस्था बिन्दु मल्लले जानकारी दिनु भयो ।कोरियाका आठ बटै क्षेत्रहरूमा रहेका क्षेत्रिय समितिहरुलाई लक्षित गरि अभियान चलाउन थालिएको पनि मल्ले बताउनु भयो ।अभियानकोलागि लेखासमिति सभापति ,पुर्व मन्त्री  संघिय सांसद नेपाली काँग्रेसका  नेता राजन के सि कोरीया आउने आयोजकले जनाएको छ  ।
जुन २ तारिख आईतबार  राजधानी सौल स्थित नेपाल हाउस बाट  सुरू हुने अभियान जनसम्पर्क समिति कोरियाका ८ वटै क्षेत्रमा जागरण अभियान  हुने  जनसम्पर्क समिति दक्षिण कोरियाका कार्यवाहक महामन्त्री मित्रबन्धु काफ्लेले बताउनु भयो ।करिव ५० हजार नेपालीहरू रहेको दक्षिण कोरियामा यो अभियानले पाटिलाई केहि जागरण पैदा हुने अपेक्षा जनसम्पर्क समितिले लिएको छ । साथै पायक पर्ने स्थानको जागरण अभियान मा सहभागी हुन पनि सबैलाई आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू