जापानको बिरोध गर्दै एक कोरियन नागरिकले आफैलाई जलाए

1802

जापानले कोरिया संगको ब्यापारीक सम्बन्धमा अंकुस लगाएपछि  कोरियन हरु आक्रोशित हुदै आएका छन् l यसैक्रममा जापान संगको व्यापारिक युद्वको बिरोध गर्दै  एक कोरियन नागरिकले आफैलाई आगो लगाई जलाएको कोरियन अनलाइनले समाचार प्रकाशित गरेका छन् l

सिओल जुँङ्नो प्रहरीका अनुसार  ७२ बर्षिय ति नागरिकले बिहिबार आफैलाई जलाएका हुन् l  गम्भीर अबस्थामा रहेका उनको  सिओल  अस्पतालमा उपचार भैरहेको बताइएको  छ l

घटनास्थल नजिकै एउटा झोला भेटिएको प्रहरीले जनाएको छ l उक्त झोला भित्र  सुरक्षित अबस्थामा राखिएको डाइरिमा जापानबिरुद्व लेखिएको मेमो   समेत भेटिएको बताएको छ l

पछिल्लो समय जापनाले कोरियामा निर्यात गर्दै आइरहेको उच्च प्रविधिका समानहरुमा नियम कडा पारेपाछी कोरियनहरुले  जापानी समान बहिस्कारको अभियान समेत चलाएका छन् l

यसभन्दा पहिला पनि ७८ बर्षीय एक कोरियन नागरिकले जापानी दुतावास अगाडी आत्मदाह गरेका थिए l

प्रतिक्रियाहरू