जिएमईको साखा फोछनको सङगुरीमा, भोली उद्घाटनमा सहभागी हुनेलाइ विशेष उपहार

2944

दक्षिण कोरियाबाट नेपाल सहित विभिन्न मुलुकमा रेमिट्यान्स कारोबार र सेवा दिदै आएको जिएमईले साखा विस्तारलाई तिब्रता दिएको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै जिएमईले ख्यंगी प्रान्तको फोछनको सङगुरीमा पनि साखा विस्तार गर्न लागेको छ । जिएमईले भोली सङगुरीमा साखाको उद्घाटनसँगै कारोबार पनि शुरु गर्न लागेको हो । सेवाग्राहीलाई सहज र माग अनुरुप सङगुरीमा पनि साखा विस्तार गर्न लागिएको जानकारी जिएमईका मार्केटिङ प्रमूख धर्मराज गौतमले दिनुभएको छ । रेमिट्यान्स सेवाग्राहीको आर्कषणमा रहेको जिएमईको साखा सङगुरीलाई खोलिएपछि सेवाग्राहीलाई थप सहज र सर्वसुलभ सेवा पाउने विश्वास कम्पनीको छ । साखा कार्यलयको उद्घाटन विशेष अतिथीबाट हुने जनाइएको छ । राजधानी सउलको दोङ्देमून ३ नम्बर सवस्टेशन गेट नजिकै कार्यलय रहेको जिएमईको आन्सान, ह्वासङको फारान, किम्हे लगायतका शहरमा साखा कार्यलय रहेका छन् ।

भोली साँझ साढे चार बजे हुने उद्घाटन कार्यक्रममा सहभागी हुन जिएमईले त्यस आसपासमा रहेका नेपालीलाई आह्वान गरेको छ ।उक्त उद्घाटन समारोहमा भिषा सेमिनारका साथै कोरियन लेगल परामर्शदाताबाट समस्या र आफ्ना जिज्ञासाको हल पनि हुने छ ।

प्रतिक्रियाहरू