जुनु गुरुङको पहलमा म्यान्मारमा पनि एनआरएनको महिला फोरम गठन

367

एशिया तथा प्रशान्त क्षेत्रमा गैर–आवासीय नेपाली संघ (एनआरएनए एनसीसी)को महिला फोरम गठन हुने क्रम जारी छ । मकाउ पछि म्यान्मार पनि एनआरएनए एनसिसिको राष्ट्रिय परिषद अन्र्तगतको महिला फोरम गठन भएको छ । म्यान्मारको महिला फोरमको संयोजकमा डाक्टर मीना देबी सापकोटा निर्वाचित हुनु भएको छ । अध्यक्ष एस पि क्षेत्रीको प्रमुख अतिथ्यमा म्यान्मारमा महिला फोरम गठन भएको जानकारी एशिया प्यासिफिक क्षेत्रको महिला संयोजक जुनु गुरुङ दिनु भएको छ । फोरमलाइ सहयोग गर्न त्यहाँ स्थित नेपाली राजदुताबासबाट श्रीमती मदन रंजना उदासको उपस्थिति रहेको थियो । उदासले महिला फोरमलाई आवश्यक विषयमा सुझाव दिने बताइएको छ ।
मकाउ पछि म्यान्मारमा महिला फोरम गठनमा दक्षिण कोरियामा व्यावसाय गर्दै एनआरएनमा सक्रिय रहनु भएकी जुनु गुरुङको पहल रहेको छ । महिला संयोजक सम्हाले यता गुरुङको पहलमा महिला फोरम गठन प्रक्रियाले तिब्रता पाएको हो । एशिया प्यासिफिकको क्षेत्रीय बैठक तथा महिला बैठक नजिकिदै जादाँ गुरुङको सक्रियतासँगै महिला फोरम गठन हुने क्रम बढेको हो । क्षेत्रिय बैठक आउने जुलाई ६ र ७ तारिख हुदै छ ।
म्यान्मारको महिला फोरम नामावली
संयोजकः डा. मिना देवी सापकोटा
सदस्यहरू
विद्या ज्ञवाली,
मुना भट्टराई,
डा. सोनीया पोखरेल,
कलवती सापकोटा,
कुमारी न्यौपाने,
सुनिता बञ्जारे,
चाँद नौलखा
कलवती बानीयाँ,
कमला वाग्ले

प्रतिक्रियाहरू