जेजु टापु पछी कोरियाको सियोल र आसपासका क्षेत्रमा पनि शक्तिशाली आँधि आउदै ,सजक रहन मौसम बिभागको अनुरोध

12490

बुधबार राति देखि कोरियाको दक्षिणी क्षेत्र हुदै भित्रिएको सौलिक नामक आँधिबेरीले शुक्रबार बिहान कोरियाको राजधानी सियोल ,ख्यान्गीदो प्रान्त तथा त्यसका आसपासक क्षेत्रमा क्षति पुर्याउन सक्ने मौसम विभागको अनुमान छ l

कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन केएमएका अनुसार ३ सय २० किलोमिटर गतिको हावाको बाहाब सहित सियोल तथा आसपासका क्षेत्रमा सुक्रबार बिहान भिषण वर्षा हुने अनुमान गरिएको छ l आँधिबेरी राजधानी सियोल हुदै पुर्बी क्षेत्र तर्फ जाने समेत अनुमान छ l

सियोल तथा ख्यांगी स्थानीय प्रसासनले आँधिबेरी बाट हुने सम्भावित क्षतिलाइ न्यूनीकरण गर्न थप सजकता अपनाउने जनाएको छ l सुक्रबार बन्दरगाह तथा हवाईसेवा हरु केहि समयको लागि बन्द गरिने जनाएको छ l त्यस्तै बिद्यालय तथा अन्य केहि सार्बजनिक सेवा पनि भोलिको लागि बन्द रहने बताएको छ l

त्यस्तै राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको बैठमा २ दिन को लागि राष्ट्रव्यापी  संकटकालको  घोषणा गर्दै थप सजकाता अपनाउन सम्पूर्ण नागरिक हरुमा अनुरोध गरेका छन् l सम्भावित खतरा लाइ मध्यनजर गर्दै सुरक्षाकर्मिलाइ तैनाथ रहन पनि निर्देशन दिएका छन् l त्यस्तै उनले निजि क्षेत्रका कम्पनि हरुलाई पनि भोलिको दिनलाई कार्यतालिका परिबर्तन गर्न समेत अनुरोध गरेका छन् l

त्यस्तै बुधाबार राति देखि  जेजु आइल्याण्डमा आएको आँधिबेरीका   कारण एकजना बेपत्ता भएको तथा एकजना घाइते भएको बताइएको छ l पुर्व सजकताका कारण  मानबिय क्षति धेरै नभएपनि ६ हजार भन्दा धेरै घरहरु प्रभावित भएका छन् l सयौं रुख हरु ढलेका छन् भने बिजुलीका पोल हरु ढलेर यत्रतत्र छरिएको जनाइएको छ l