जेजु कम्युनिटि परिवारले नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्ने, कार्यक्रममा स्टार रेमिटको सेवा पनि लिन सकिने

84

नव वर्ष २०७६ लाई स्वागत गर्दैै जेजु स्थित जेजु कम्युनिटि परिवारले नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । यहि आउदो आइतवार अप्रिल १४ तारिकका दिन मिराकल होटलमा दिउसो १२ बजे देखि बेलुका ५ः३० बजेसम्म विविध कार्यक्रम गरि नयाँ वर्ष धुमधामका साथ मनाइने आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रम पश्चात सहजताको लागि मिराकल होटलदेखि जेजु बस टर्मिनलसम्म बस सेवाको निःशुल्क सुविधा गरिएको छ। कार्यक्रम स्थल पुग्नका लागि 미라클 호텔 제주시 서해안로 बाट जान सकिने छ ।

कार्यक्रममा नेपालीहरुको रेमिट स्टार रेमिटको एप दर्ता गर्ने सुविधा राखिएको छ। स्टार रेमिट एप दर्ता गर्दा पहिलो पटक ५ हजार वन निशुल्क कुपन प्राप्त गर्न सकिन्छ । अटो डेविट र म्यानुअल दुवै सिस्टम भएको स्टार रेमिट अहिले नेपालीहरुले मनपराएको रेमिटेन्स हो । सरल, छिटो र सुरक्षित सेवा दिदै आएको स्टार रेमिटको मुख्य कार्यालय दोगंदेमुन ३ नम्वर गेटसँगै रहेको छ । स्टार रेमिट मार्फत पैसा पठाउदा नेपालको जुनसुकै बैक र जुनसुकै ठाँउबाट नगद लिन सकिन्छ ।