झापाली समाज दक्षिण कोरियाको छैठौँ अधिवेशन यही फेब्रुवरी ३ मा हुने

261

झापाली समाज दक्षिण कोरियाको छैठौँ अधिवेशन यही फेब्रुवरी ३ मा कोरियाको महान चाड सल्नालको पहिलो दिन हुने भएको छ। दक्षिण कोरियाको नेपाल हाउसमा गरिने उक्त्त अधिवेशनमा अधिवेशन सफलताका साथ सम्पन्न गर्न बिभिन्न तयारी समितिहरु बनाई तयारी तिब्र पारिएको आयोजकले बताएको छ ।

बिभिन्न सामाजिक कार्यमा अग्रणी  भुमिका खेल्दै आएको झापाली समाजले गत सेप्टेम्बरमा सउलमा सम्पन्न भएको अन्तराष्ट्रिय झापाली दोस्रो भेलाबाट आफ्नो नाम झापाली मिलन समाजबाट झापाली समाज बनाएको हो | यो समाजले कोरियामा समस्या परेका साथी-भाईहरुलाई सहयोग गर्नुका साथै काम छाडेर कामदारहरुको लागि सेल्टरको संन्चालन  पनि गरेको छ। यस्का साथै नेपालमा पनि बिभिन्न आर्थिक सहयोगका कामहरु पनि गरिरहेको छ।

गत १२ तारिकमा सुवनमा बसेको कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको मिति तय गर्नुको साथै बिभिन्न तयारी समिति गठन पनि गरेको हो। बर्तमान उपाध्क्ष युवराज दाहालको संम्योजकत्वमा आर्थिक समिति, सह सचिव देवेन्द्र पोखरेलको संम्योजकत्वमा हल ब्यवस्थापन समिति त्यस्तै प्रचार प्रसार समिति लगायत अन्य समितिहरु पनि गठन गरिएको आयोजकले जानकारी दिएको छ ।

बिगतमा झैँ यसपाली पनि  फेब्रुवरी ३ तारिक बिहान सउलको दुङदेमुन सरसफाई रहेको र  १२ बजेपछि अधिवेशन सुरु हुने  अध्यक्ष राजु सन्तोषी थापाले बताउनु भयो ।  साथै सबै कोरियामा रहेका सम्पुर्ण झापाली साथीहरुलाई उपस्थितीको  लागी पनि आयोजकले अनुरोध गरेको छ।